आज :

रुसी दूतावास नजिकै शक्तिशाली बम विस्फोट, दुई जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । अफगानिस्तानको काबुलमा रहेको रुसी दूतावास नजिकै भएको आत्मघाती बम हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

रुसको विदेश मन्त्रालयले घटनामा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले मारिने कर्मचारी को थिए र उनीहरूको कसरी मृत्यु भयो भन्ने विषयमा विस्तृत विवरण दिएको छैन ।

उता रोयटर्ससँग कुराकानी गर्दै सो क्षेत्रका प्रहरी प्रमुख मौलावी साबिरले आक्रमणकारी आफ्नो लक्ष्यमा पुग्नुभन्दा पहिले नै दूतावासका गार्डहरूले उनीमाथि गोली प्रहार गरेको बताए ।

हालसम्म विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । केही दिन अघि मात्र अफगानिस्तानमा तालिबान सत्तामा फर्किएको एक वर्ष पुरा भएको थियो ।

यस्तै सिरियाका यसअघि यु द्ध क्षेत्रमा छोडिएका बारूदी सुरूङ्ग र अन्य हतियार विस्फोट हुँदा सन् २०२२ को हालसम्म १७१ जना सर्वसाधारणको मृत्यु भएको युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार यस वर्ष अहिलेसम्म ८६ बालबालिकासहित १७१ सर्वसाधारणको मृत्यु भएको छ भने १४१ बालबालिकासहित २५१ जना घाइते भएका छन् ।

बेलायतस्थित निगरानी समूह र सरकारी समाचार संस्था सानाका अनुसार आइतबार मध्य प्रान्त होम्सको दक्षिणमा रहेको डाबा गाउँमा विस्फोटक पदार्थको आक्रमणबाट तीन बालबालिकाको मृत्यु भएको छ ।

करिब हरेक हप्ता सिरियाली सेनाले यसअघिका विभिन्न युद्ध क्षेत्रमा विस्फोटक पदार्थ विस्फोट गराउने गरेको छ । गत जुनमहिनामा संयुक्त राष्ट्रसंघले दुईमध्ये एक सिरियाली जोखिमको क्षेत्रमा बसोबास गर्ने अनुमान गरिएको भन्दै अस्तव्यस्त विस्फोटक पदार्थको प्रदूषणले सुरक्षासम्बन्धी प्रमुख चिन्ताको विषय भएको उल्लेख गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal