आज :

गंगा नदीमा ५५ जना सवार डुङ्गा डुब्यो, १० जना बेपत्ता

  • अनलाइन डबली

भारत । भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुङ्गा डुबेको छ । डुङ्गामा ५५ जना सवार थिए जसमध्ये करिब १० जना हराइरहेका छन् । दुर्घटना बिहिबार राति शाहपुरको शेरपुर घाटमा भएको हो ।

शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको छ ।

यस्तै भारतीय काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दावी गरेका छन् ।

उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाएका छन् । भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई घृणातर्फ मोडिइरहेको पनि उनले दावी गरे ।

उनले भने– “देशमा मुद्रास्फीति र बेरोजगारीको डर बढिरहेको छ र यसैका कारण भारतबासीमा सरकार र प्रशासनप्रति घृणा बढिरहेको छ ।” सम्बोधनका क्रममा उनले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट के गरिब, किसान वा साना व्यापारीले कुनै लाभ पाइरहेका छन् भनी प्रश्न गरे ।

उनले सभामा सहभागी दर्शकहरूतर्फ सङ्केत गर्दै भने, “एक किसिमले तपाईं बेरोजगारीबाट प्रभावित हुनुभएको छ यो भाजपा र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो ।” उनले भने, “त्यसैगरी भारतीयहरू मूल्यवृद्धिको मारमा परेका छन् । नरेन्द्र मोदीले सत्तरी वर्षमा काँग्रेसले के गर्यो भनेर प्रश्न गर्नुभएको छ । सत्तरी वर्षमा काँग्रेसले देशमा यस्तो मूल्य वृद्धिको आउन दिएको थिएन ।”

उनले भने, “विपक्षीहरूले यो मुद्दा संसदमा उठाउन खोज्दा सरकारले यसलाई अनुमति नदिएको दावी उहाँको थियो । किसानको मुद्दा होस् वा चीनसँगको सरकार यसमा उदाशीन छ ।” सबै विपक्षी दल एकजुट भएर भाजपा र आरएसएसलाई परास्त गर्ने दिन आएको उनले बताए ।

“हामी चीनको आक्रमण, बेरोजगारी, महँगीबारे कुरा गर्न चाहन्छौं, तर भाजपाले हाम्रो पार्टीलाई रोकेको छ । मिडिया होस्, न्यायपालिका होस् वा निर्वाचन आयोग, सबै संस्थाहरू दबाबमा छन् । त्यसैले मानिसहरू कहाँ जाने एक मात्र बाटो बाँकी छ । यही कारण काँग्रेस भारत जोडौ यात्रा शुरू गर्दैछ ।

“यो विचारधाराको लडाइँ हो र भाजपा र आरएसएसलाई हराउन सबै विपक्षी दल एक साथ आउनेछन्,” राहुल गान्धीले भारतको राजधानी दिल्लीको रामलीला मैदानमा आयोजित विशाल र्यालीलाई सम्बोधन गर्दै भने । देशमा महँगी, बेरोजगारी र वस्तु तथा सेवा करवृद्धिको विरोधमा काँग्रेसले आइतबार काँग्रेसले ‘मेहङ्गाई पर हल्ला बोल’ नामक विशाल र्याली निकालेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal