आज :

रुसले कब्जा गरेका क्षेत्रमा हमला गर्न जेलेन्स्कीको आदेश, राजधानी किभमै मिसाइल प्रहार गर्ने रुसको तयारी

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनले पूर्वी क्षेत्रका गुमाका क्षेत्र फिर्ताको लागि नयाँ हमलाको तयारीमा लागेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दक्षिण युक्रेनमा प्रत्याक्रमण सुरु गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले पूर्वी क्षेत्रमा रुसी सैन्य अखडामाथि हमला गर्न आफ्नो सेनालाई आदेश दिएको बताइएको छ ।

युक्रेनले डोनबासमा र उत्तरतर्फ खार्किभनजिकै गुमेको भूमि फिर्ता पाउने प्रयास गरिरहेको छ । अमेरिकाले दिएका अत्याधुनिक हिमार्स मिसाइल सिस्टम र ड्रोनबाट हमला जारी राखेपनि युक्रेनी सेनाले सफलता हात पार्न सकेको छैन । खार्किभबाट रुसी सेनालाई फिर्ता पठाउन पश्चिमाम देशबाट युक्रेन पुगेका लडाकुसहित युक्रेनी सेनाले हमला गरेको छ ।
बीबीसीका क्वेन्टिन समर्भिल र क्यामरा–जर्नलिस्ट ड्यारन कोन्वेका अनुसार युक्रेनी सैनिकहरूले पुर्वी क्षेत्रमा केन्द्रीत हुन थालेका छन् ।

डोनबासका उर्वर भूमि रणमैदानमा परिणत भएका छन् । धुवाँ र धुलोबाहेक यहाँको हावामा अर्को कुरा पनि छ । यहाँ डोनबासमा र उत्तरतर्फ युक्रेनको दोस्रो ठूलो सहर खार्किभको बाह्य भागमा युक्रेनी सैनिकहरू प्रत्याक्रमणका लागि तयार भएर बसेको उनले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।

रणनीतिक रूपले महत्वपूर्ण ड्नीप्रो नदीको पश्चिमतर्फ रुसी सेनाले कब्जा गरेको छ । दक्षिणमा लामो समयदेखि योजना गरिएको प्रत्याक्रमणअन्तर्गत कम्तीमा तीन ठाउँमा रुसी सेना घेरा नाघेर आएको फौजलाई सघाउँदै अहिले तिनै सैनिकहरू लडाइँ गरिरहेको कोन्वेले बताए । उनले एक सैनिकसँग सोध्दा रुसी सेना ३० मिटर खोलापारीपट्टी पुगेको बताएको उल्लेख गरेका छन् । ती सैनिकले आफूहरुले नदीमा तारबार गरिएकाले रुसी सेना अगाडि बढ्न केही रोकिएको बताए ।

यसैबीच रुसले युक्रेनको राजधानी किभलाई केन्द्रीत गरेर हमलाको योजना बनाइएको बताइएको छ । रुसले कब्जामा लिएका क्षेत्रमा अमेरिकाले दिएका लामो दूरीका हतियारबाट पुनः युक्रेनले प्रहार गर्न थालेपछि रुसले राजधानी किभमै हमलाको तयारी गरेको समाचार एजेन्सीहरुले बताएका छन् ।

खेरसनमा सडक, पुललगायतका संरचना ध्वस्त गरेर रुसमाथि हमला गरेपनि उपलब्धी प्राप्त गर्न नसकेको अवस्थामा डोनबास क्षेत्रमा सफलता पाउन सक्नेछ वा धम्कीमा मात्रै सिमित हुन्छ हेर्न बाँकी रहेको छ । यसअघि जेलेन्स्कीले रुसी सेनालाई आफ्नो जमिन छोड्न चेतावनी दिँदै कि मर्न तयार हौं, नभए युक्रेन छोड भन्दै धम्की दिएका थिए । उनको यो धम्कीलाई रुसले हास्यस्पद भएको समेत समाचारमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal