आज :

अर्जेन्टिनाकी उपराष्ट्रपतिको टाउकोमा ताकियो पेस्तोल, तर यसरी सफल भइन बाँच्न, भिडियोसहित

  • अनलाइन डबली

काठमाडौँ । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाकी उपराष्ट्रपतिले क्रिस्टिना फर्नान्डेज डि क्रिच्नर ह त्या हुनबाट जोगिएकी छन्।

समाचार संस्था रोयटर्सका अनुसार बिहीबार उनलाई एक जनाले पेस्तोलले गो ली हान्न प्रयास गरेका थिए। राजधानी ब्युनस आयर्सको आफ्नै निवासमा समर्थकहरूसँग भेटिरहेकी क्रिस्ट्रिनाको टाउकोमा ताकेर पेस्तोलले गोली हान्न खोजेको भिडिओ सार्वजनिक भएको छ।

पाँच राउन्ड गोली लोड भएको भए पनि त्यतिबेला पेस्तोल नपड्किएकाले क्रिस्टिना बाँचेको अधिकारीहरूले बताएका छन्। अर्जेन्टिनाका राष्ट्रपतिल एल्बर्टो फर्नान्डिजले उक्त हत्या प्रयासको निन्दा गरेका छन्।

‘त्यो मान्छेले क्रिस्टिनाको टाउकोमा पेस्तोल ताक्यो र ट्रिगर तान्यो। क्रिस्टिना अहिले जिवित छिन् किनभने केही कारणले पेस्तोल पड्किएन,’ टेलिभिजन सम्बोधनका क्रममा एल्बर्टोले भने।

अर्जेन्टिनामा प्रजातन्त्र पुनर्स्थापना भएपछिको यो सबैभन्दा गम्भीर घटना भएको उनले उल्लेख गरेका छन्।

यसअघि दुई पटक अर्जेन्टिनाकी राष्ट्रपति भइसकेकी उपराष्ट्रपति क्रिस्टिनाविरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ। सोही मुद्दामा उनी बिहीबार बयान दिएर आएकी थिइन्।

आक्रमणकारीले किन उनको हत्या प्रयास गरेका थिए भन्ने खुलेको छैन। स्थानीय सञ्चारमाध्यमले पेस्तोल ताक्ने व्यक्ति ३५ वर्षीय ब्राजिलियन मूलका पुरूष भएको समाचार उल्लेख गरेका छन्। उनलाई प्रहरीले हिरासतमा लिएको छ। हेर्नुहोस भिडियो:

यता भारतले पहिलो पटक आफैंले एयरक्राफ्ट क्यारियर (विमानवाहक पोत) बनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइएनएस विक्रान्त नाम दिइएको उक्त एयरक्राफ्ट क्यारियर शुक्रबार केरलाको कोची सहरमा आयोजित एक कार्यक्रमबीच भारतीय नौसैनिकलाई हस्तान्तरण गरेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार भारतले आफैं बनाएको विक्रान्त २६२ मिटर लामो छ भने यसको चौडाइ ६२ मिटर छ। यसको उचाइ ५९ मिटर छ। यसमा ३० वटा जहाज/हेलिकप्टर र १६ सय जना क्रु मेम्बर रहन सक्छन्।

यसभित्र १६ शैयाको अस्पताल पनि छ भने २५० ट्यांकर इन्धन भण्डारण गर्न सकिन्छ। यसमा २ हजार ४ सय डिब्बा छन्। २० हजार करोड भारू खर्च भएको विक्रान्त बनाउन १० वर्ष समय लागेको थियो।

भारतीय नौसेनाको युद्धपोत डिजाएन ब्युरोले डिजाइन तयार पारेको यो एयरक्राफ्ट क्यारियर कोची सिपयार्डले बनाएको हो। कोचीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विक्रान्त स्वदेशी सामर्थ्य, स्वदेशी स्रोत र स्वदेशी कौशलको प्रतीक भएको बताए।

‘आज भारत विश्वका ती देशमा सामिल भयो जसले स्वदेशी प्रविधिबाट यति विशाल एयरक्राफ्ट क्यारियर बनाउन सक्छन्,’ मोदीले भने,‘आज आइएनएस विक्रान्तले देशलाई एक नयाँ विश्वासले भरिदिएको छ। देशमा एक नयाँ भरोसा पैदा गरिदिएको छ।’

अहिलेसम्म अमेरिका, बेलायत, चीन, रूस र फ्रान्सले मात्रै आफैं यस्ता एयरक्राफ्ट क्यारियर बनाउन सक्थे। आजै भारतीय नौसैनिकको नयाँ झन्डा पनि प्रयोगमा ल्याइएको छ। यसअघि भारतीय नौसेनाले ब्रिटिस उपनिवेशकालको झन्डा प्रयोग गर्दै आएको थियो।

‘आज भारतले गुलामीको एक निशाना, गुलामीको एक बोझ आफ्नो छातीबाट हटाइदिएको छ। आज भारतीय नौसेनालाई एक नयाँ झन्डा मिलेको छ,’ मोदीले भने। उनले भारतीय नौसैनिकका विभिन्न शाखाहरूमा अब महिला भर्ती पनि खुला गरिने घोषणा गरे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal