आज :

कपडा शोरूमभित्र पसेका नेता सुखवीरको हत्या, सीसीटीभी फुटेजफमा देखियो यस्तो दृश

  • अनलाइन डबली

काठमाडौँ । बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गो ली हानेका छन् ।

पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए। भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ । गुडगाउँ प्रहरीले सीसीटीभी फुटेजमा केहि प्रमाणहरुसहितको दृष्य देखिएको भन्दै अनुसन्धान शुरु गरेको बताएको छ ।

उता रुसको सबैभन्दा ठूलो तेल कम्पनी ‘लुकओयल’ का अध्यक्षको अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीकाअनुसार अस्पतालको झ्यालबाट खसेर ६७ वर्षीय अध्यक्ष राभिल मगानोभको मृत्यु भएको हो ।

अस्पतालको झ्यालबाट खसेपछि ‘सेन्ट्रल क्लिनिकल हस्पिटल’ मा उपचारको क्रममा उनको मृत्यू भएको रसियन मिडियालाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

बीबीसीका अनुसार रुसले युक्रेनमा सैन्य हमला सुरू गरेपछि तेल बिक्रीमा असर परेको भन्दै उनले युद्ध रोक्न सरकारसमक्ष अनुरोध गरेका थिए ।

यही वर्षको मार्च महिनामा उक्त तेल कम्पनीको बोर्ड बैठकमा जतिसक्दो छिटो युद्ध रोक्नुपर्ने बताइएको थियो । उनको रहस्यमय ढंगले मृत्यु भएको आशंका गरिएको छ । यसअघि सोही कम्पनीका सिनियर म्यानेजरको समेत रहस्यमयी ढंगले मृत्यू भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal