आज :

जेलेन्स्कीलाई ठूलै झट्का, परमाणु ऊर्जा केन्द्रमा हमला गरिरहेका युक्रेनी सेना रुसको कब्जामा

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनको जापोरोजियास्थित युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा उत्पादन केन्द्रमा रकेट प्रहार गरिरहेको युक्रेनी सेनाको टोलीलाई रुसले कब्जामा लिएको छ । युक्रेनले आफूले केन्द्रमा हमला गर्दै आफूलाई आरोप लगाएको रुसले बताउँदै आएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत रुसले केन्द्रमा हमला गरेको बताउँदै रेडियसन फैलिन खतरा बढेको बताएका थिए । केन्द्रमा विस्फोट गराउने तयारी गरिरहेका तीन युक्रेनी सेनाका स्पेशल फोर्सका सदस्यलाई पक्राउ गरेको रुसले दाबी गरेको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

रुसको रक्षा मन्त्रालयले केन्द्रमा विस्फोट गराउन तयारीमा रहेको युक्रेनी सेनाको टोलीलाई पक्राउ गरेको जनाएको छ । यो युद्धका क्रममा रुसले कब्जा गरेपछि युक्रेनले निरन्तर बम प्रहार गरीरहेको छ । यसैबीच सो प्लान्ट क्षेत्रमा विष्फोट गराउने तयारीमा जुटेका युक्रेनी सेनाको टोलीलाई रुसी सेनाले पक्राउ गरेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघको टोली सो परमाणु ऊर्जा केन्द्रको अनुगमन गर्न पुगेको छ । उक्त केन्द्रमा हतियार भण्डार गरेको र रकेट हमला गरेको आरोप लागेपछि रुस राष्ट्रसंघलाई अनुगमन गर्न दिन तयार भएको थियो । पश्चिमा देशहरुले रुसकै कारण उक्त केन्द्रबाट रेडियसन फैलिएर लाखौँं मानिसहरुको ज्यान जोखिममा परेको आरोप लगाउँदै आएका थिए । तर, रुसले सबै आरोप अस्वीकार गर्दै आएको थियो ।

राष्ट्रसंघको टोली पुगेकै बेला रुसले रकेट हमला गर्न लागिरहेका युक्रेनी सेनालाई कब्जा गरेको छ । योसँगै युक्रेनले अहिलेसम्म लगाउँदै आएको आरोप खण्डन भएको छ । युक्रेन तथा पश्चिमा देशहरुले भ्रमको खेती गरिरहेको विश्वसामु प्रष्ट भएको रुसले बताएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई हालै खेरसनमा भएको क्षतिबाट झट्का लागेको बताइएको थियो भने यो घटनाले झन् ठूलो झट्का लागेको छ । अहिलेसम्म उक्त परमाणु ऊर्जा केन्द्रमा रुसले हमला गरेको भन्दै विश्व समुदायको सहानुभूति पाइरहेका थिए । रुसी सेनाले रकेट हमलाको तयारीमा रहेका युक्रेनी सेनालाई

त्यसैगरी खेरसनमा युक्रेनलाई अहिलेसम्मकै ठूलो क्षति हुन पुगेको छ । त्यहाँबाट रुसी सेनालाई पछाडि धकेल्ने भन्दै अमेरिकाले दिएको हिमार्स मिसाइल सिस्टमसहित तैनाथ गरिएका ठूलो संख्यामा युक्रेन सेना हताहती भएका छन् ।
रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनको पक्षमा लडिरहेका १२ सैनिकको एकैदिन मृत्यु भएको थियो । यसमा अमेरिकासहित अन्य देशका सेना पनि रहेको बताइएको छ ।

खेरसनलाई पुनः नियन्त्रणमा लिन युक्रेनले पश्चिम युक्रेनबाट ल्याएर फ्रन्ट लाईनमा खटाईएका १२ सय सेनाको ज्यान गएको हो । रुसले निकोलाइभ क्षेत्रमा अफेन्समा आएका युक्रेनी सेनामाथि जवाफी कार्बाही गर्दा ठूलो संख्यामा हताहती भएको जनाएको छ ।

त्यस्तै, सोह हमलामा परी युक्रेनका ४८ टंयाक, ४६ सैन्य वाहन लगायत दर्जनौ गाडीहरु ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । त्यस्तै, युक्रेनका पक्षमा लड्ने विदेशी लडाकुहरु अहिलेसम्मकै धेरै मारिएको रुसी रक्षा मन्त्रालयले दावी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal