आज :

चीनले ताइवानलाई फेरि घेराउ गर्यो, युद्ध सुरु नहुँदै ताइवानले अमेरिकासँग गुहार माग्यो

  • अनलाइन डबली

काठमाडौँ । ताइवानले चीनको ड्रोन गोली हानी खसालेसँगै विवादको नयाँ अध्यय सुरु भएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि बढेको तनाव कम हुँदै गएको बेला ताइवानले ड्रोन खसालेको छ ।

आफ्नो ड्रोन खसालेसँगै चीनले ताइवानलाई फेरि घेराउ गरेर इमरजेन्सी युद्धअभ्यास सुरु गरेको छ । प्रतिबन्धीत पूर्वी चीन सागरमा पिएलएले इमरजेन्सी युद्धअभ्यास सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । त्यस्तै, एलो सागरमा पनि चिनियाँ जनमुक्ति सेनाका वारशिप घुमिरहेका छन् ।

ताइनवानको खाडीमा पनि चीनका वारशिप घुमिरहेका छन् । पूर्वी चीन सागरमा १५ एयरक्राप्टले सीमा रेखा क्रस गर्न लागेको ताइवानले आरोप लगाएको छ ।

जनमुक्ति सेनाले ताइवानलाई जलक्षेत्रबाट घेराउ गरेको बताइएको छ । चीनका जी–१६ नामक ९, वाई–८ नामक २, जेएच– ७ नामक ४ वटा एयरक्राप्ट जलक्षेत्रमा घुमिरहेको बताइएको छ ।

चीनको ग्लोबल टाइम्सको सम्पादकले ड्रोन खसालेपछि जनमुक्ति सेनाले त्यसको जवाफ दिने चेतावनी दिएका थिए । तर, सो चेतावनीको केही घण्टामै ताइवानले ड्रोनलाई खसालेको थियो । उनले उक्त ड्रोन सैनिक गतिविधिको लागि नहुन पनि सक्ने बताउँदै नखसाल्ने चेतावनी दिएका थिए ।

जनमुक्ति सेनाले जल क्षेत्रबाट घेराउ गर्न गरेपछि ताइवानले पनि आफ्नो मिसाइल सिस्ट अन गरेको छ । एयरक्राप्ट पनि सक्रिय बनाएको ताइवानी संचारमाध्यमहरुले बताएका छन् । चीनको जवाफ दिने गरी तयारी गर्न ताइवानले आफ्ना सेनालाई निर्देशन दिएको बताइएको छ ।

चीनले घेराउ टाइट गर्दै लगेपछि ताइवानले अमेरिकासँग सम्पर्क गरेर आफूलाई अप्ठ्यारो पर्न लागेको जानकारी गराएका भारतीय संचारमाध्यमहरुले बताएका छन् । ताइवानले सैन्य सहयोग आवश्यक पर्न सक्ने जानकारी पनि गराएको बताइएको छ ।

चीनले अमेरिकाविरुद्ध प्रहार गर्ने तयारी गरेको ताइवानले बताएको छ । उसले अमेरिकालाई छिटो युद्धमा आउन अग्रसर बनाइरहेको छ । ताइवानले युद्ध सुरु नहुँदै अमेरिकासँग गुहार मागेको अर्थको रुपमा लिइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको तयारी भइरहेको छ । अहिले तल्लो कमिटीको भेला सम्मेलन भइरहेका छन् । यही असोज ३० गते २० औं महाधिवेशन सुरु हुँदैछ । ताइवानले चीनलाई उत्तेजित बनाए त्यो भन्दा पहिले नै ताइवानलाई कब्जामा लिन सक्ने परराष्ट्र मालिलाका जानकार बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal