आज :

चीनका फाइटर विमान र वारशिप ताइवानतिर बढे, अमेरिकाले भन्यो- लड्ने भए हामीसँग आउ

  • अनलाइन डबली

काठमाडौँ । चीन र ताइवानबीचको तनाव युद्धको अवस्थामा पुगेको छ । ताइवानले ड्रोन खसालेपछि चीन झन् आक्रामक बनेको छ । मंगलबार गोली मात्रै प्रहार गरेको ताइवान आज भने ड्रोन गोली हानी खसालेको बताएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ताइवान स्ट्रेटमा चीनका ७ वटा वारशिप अघि बढेका छन् । ताइवानका रक्षा मन्त्रीका अनुसार चीनका फाइटर जेट सीमा क्रस गर्ने प्रयास गरिरहेका छन् ।

यसबारे चीनले भने कुनै प्रतिक्रिया दिएको छैन । चिनियाँ कम्युनिस्ट पार्टीका महाधिवेशनको तयारी भइरहेको छ । त्यो भन्दा पहिले ताइवानमा हमला हुन सक्ने रक्षा विज्ञहरुले विश्लेषण गरेका छन् । चिनियाँ ड्रोन किनमैन आइल्याण्डमा उडिरहेको बताइएको छ ।

ताइवानमा रहेकी भारतीय पत्रकार सुरभी शर्माले चीनका वारशिप र फाइटर जेटले सीमा पार गर्न प्रयास गरिरहेको बताएकी छन् । उनले ताइवानी सेनाले उक्त कुरा बताएको बताइन् ।

पत्रकर शर्माले ताइवानको सेनाले आफ्नो मिसाइल सिस्टमलाई पनि एक्टिभ गरेको छ । साउथ चायना सीमा ताइवानमा चीन, ताइवान र अमेरिकाले सैन्य गतिविधि बढाएका छन् ।

यो अवस्था हेर्दा युद्ध सुरु हुन लागेको अनुभूति भएको पत्रकार शर्मा बताउँछन् । चिनियाँ ड्रोन किनमैन आइल्याण्डमा उडिरहेको बताइएको छ । ताइवानले आफ्नो सुरक्षा क्षेत्रको सूचना लिन ड्रोन पठाइएको आरोप लगाएको छ ।

यसैबीच अमेरिकाले ताइवानमा हमला गर्नुअघि आफूसँग लड्न चीनलाई चुनौती दिएको छ । उसले ताइवानलाई आफूले साथ दिने पुनः दोहोर्याउँदै चीनलाई सो चुनौती दिएको छ ।

अमेरिकाले चीनले हमला गरे ताइवानलाइर्. साथ दिने बताउँदै आएको छ । तर, यसलाई चीनले आपत्ति जनाउँदै आएको छ । सानो सैन्य शक्ति भएको ताइवानले अमेरिकाकै आडमा चीनलाई युद्धको चुनौती दिँदै आएको छ ।

अमेरिकाले ताइवानलाइ करिब डेढ अबर डलरका हतियार दिइसकेको छ । अमेरिका एक चीन नीतिविरुद्ध गएको भन्दै चीनले आफूसँग चल्नु र आगोसँग खेल्नु एउटै भएको बताउँदै आएको छ ।

चीनको चेतावनी बीच अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि पछिल्लो तनाव पैदा भएको हो । चीनले परिवारसहित पेलोसीमाथि प्रतिबन्ध लगाउँदै युद्ध अभ्यास गरेको थियो ।

ताइवानलाई चारैतिरबाट घेराउ गरेर एक हप्तासम्म युद्ध अभ्यास गरेको थियो । अहिले पनि चीनले ताइवानलाई घेराउ गरेर नियमित गस्ती गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal