आज :

ताइवानले खसाल्यो ड्रोन, चीनको हाइपरसोनिक ड्रोन सो क्षेत्रमा फेरि गयो

  • अनलाइन डबली

काठमाडौं । ताइवानी सेनाले चिनियाँ ड्रोन खसालेको छ । ताइवानले आफ्नो हवाईक्षेत्रमा आइपुगेको अपरिचित ड्रोनलाई बिहीवार खसाली दिएको जनाएको छ । ताइवानले अपरिचित भनेपनि उक्त ड्रोन चिनिया‍ँ जनमुक्ति सेनाले पठाएको बताइएको छ ।

ताइवानले आफ्नो नियन्त्रणमा रहेको हवाई क्षेत्रमा ड्रोन प्रवेश गरेकाले खसालेको बताएको छ तर चीनले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । किनमन टापुसमूह चीनको स्यामन र क्वान्चाउ शहर नजिक छन् । चिनियाँ ड्रोन लायन टापुको नियन्त्रित हवाईक्षेत्रमा बिहीवार मध्याह्न प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

ताइवानकी राष्ट्रपति त्साई इङ–वनले आफ्ना सेनालाई उत्तेजित नहुन भनेको २४ घण्टा नबित्दै मंगलबार चिनियाँ ड्रोनमाथि गोली प्रहार गरिएको थियो । तनाव नचर्काउने ताइवान सरकारको भनाइ सार्वजनिक भएपनि चिनियाँ ड्रोन खसालेको समाचार सार्वजनिक भएको छ । यसले विवाद झन् बढाउने सम्भावना रहेको छ ।

मंगलबार ताइवानले ड्रोनमाथि गोली प्रहार गरेको विषयमा चीनको परराष्ट्र मन्त्रालयले ड्रोनका विषयमा ताइवानले गरेको गुनासो हल्ला गर्नुपर्ने विषय नभएको जनाएको थियो भने ड्रोन खसालेको विषयमा भने मुख खोलेको छैन ।

यसैबीच चीनले सो क्षेत्रमा हारपरसोनिक ड्रोन पठाएको बताइएको छ । संसारमा कसैसँग नभएको ध्वानीभन्दा पाँच गुणा बढी गतीमा उड्न सक्ने उक्त ड्रोन चीन र ताइवान सीमा क्षेत्रमा पुगेको बताइएको छ ।

चीनले वुजान–८ नामक हाइपरसोनिक ड्रोन निर्माण गरेको छ । सन् २०१९ मा चीनले यस ड्रोनको परीक्षण गरेको  थियो । पहिलोपटक झुहाई एयर शोमा यस ड्रोनको झलक संसारले देखेको थियो । यसलाई सुसाइड ड्रोन भनेर पनि चिनिन्छ ।

कालो रंगको यो ड्रोन हाइपरसोनिक गतिमा उड्छ । सन् २०२१ को सेप्टेम्बर महिनामा चीनको वायुसेनाका शीर्ष अनुसन्धाता फे दाईले जर्नल ट्याक्टिकल मिसाइल टेक्नोलोजीमा एउटा पेपर लेखेका थिए । उनका अनुसार, यो मानवरहित एयरक्राफ्ट कुनै पनि धावनमार्गमा ध्वनिको भन्दा पाँच गुणा बढी गतिमा उड्न सक्छ । उनको दाबी सही हो भने यस ड्रोनको इन्जिन धावनमार्गबाट २५० किलोमिटर परै बन्द गरिए पनि यो सजिलैसँग अवतरण गर्न सक्छ ।

चिनियाँ अनुसन्धाताहरूले हाइपरसोनिक ड्रोनलाई अमेरिकाको एफ–२२ र एफ–३५ जस्ता लडाकू विमानविरुद्ध उपयोग गर्न सकिने बताएका थिए । यस्तो ड्रोन बनाएर चीन अनेकौं रेन्ज भएका प्रविधिमा अग्रणी हुन चाहन्छ ।

चीनको जस्तो यो प्रविधि अरू कसैसँग छैन । खराब परिस्थितिमा पनि यो ड्रोन उड्न सक्छ । यसले शत्रुको सूचनाका साथै विशेष लक्ष्यको जानकारी पनि हासिल गर्न सक्छ । यसमा चिनियाँहरूले वर्षौंदेखि काम गर्दै आएका थिए ।

न्युजवीकको एक रिपोर्टमा उल्लेख गरिएअनुसार, सन् २०३५ सम्म चीनसँग हाइपरसोनिक जेट हुनेछ । त्यसले जम्मा चार घन्टामा १० जना यात्रुलाई संसारको कुनै पनि कुनामा पुर्याइदिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal