आज :

खेरसनमा रुसलाई ठूलो सफलता, एकैदिन अमेरिकीसहित १२ सय युक्रेनी सेनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाको कब्जामा पुगेको खेरसन शहरलाई पुनः फिर्ता लिन युक्रेनी सेनाले लामो संघर्ष जारी राखेको छ । तर, पनि उपलब्धी भने शून्य । अमेरिकासहित पश्चिमा देशका लडाकुसहित लडेपनि खेरसनबाट रुसी सेनालाई पछि धकेल्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार पछिल्लो एकैदिनमा खेरसनमा प्रत्याक्रमणका लागि पश्चिम युक्रेनबाट ल्याएर फ्रन्ट लाईनमा खटाईएका १२ सय सेनाको ज्यान गएको छ । रुसले निकोलाइभ क्षेत्रमा अफेन्समा आएका युक्रेनी सेनामाथि जवाफी कार्बाही गर्दा ठूलो संख्यामा हताहती भएको जनाएको छ ।

एकैदिन युक्रेनका ४८ टंयाक, ४६ सैन्य वाहन लगायत दर्जनौ गाडीहरु ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । त्यस्तै, युक्रेनका पक्षमा लड्ने विदेशी लडाकुहरु अहिलेसम्मकै धेरै मारिएको रुसी रक्षा मन्त्रालयले दावी गरेको छ । क्षेत्रिय राजधानी समेत रहेको खेरसनमा अमेरिकाका बहालवाला र रिटायर्ड सेना सहभागी रहेको रुसले बताएको छ । यसअघि अमेरिकीसहित ५३ जना विदेशी सैनिकको रुसी हमलामा परी मृत्यु भएको थियो ।

अमेरिकाले दिएका उच्च प्रविधिका हिमार्स मिसाइललगायतका अस्त्रबाट खेरसनमा युक्रेनी फौजले रुसी सेनामाथि प्रत्याक्रमण गरेको थियो । रुसी सेनालाई पछि धकेल्न उक्त क्षेत्रका पुल र सडक मिसाइल प्रहार गरेर युक्रेनले भत्काएको थियो ।

खेरसनस्थित एयरपोर्टमा हिमार्सले हमला गरिएको थियो । तर पनि रुसी सेनालाई पछि धकेल्न युक्रेन सकेन । बरु रुसले झन् युद्धसँगै भौतिक संरचना निर्माण गरिरहेको छ । सो क्षेत्रका नागरिकलाई यातायात, पानी, संचार सुविधाबाट बंचित गराउन खोजेको भन्दै रुसले त्यस्ता संरचना पुनः निर्माण पनि गरिरहेको छ ।

अमेरिकाको योजनाअनुसार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वार्ता र सम्झौता भन्दा पनि प्रत्याक्रमण गरेर रुसलाई लखेट्ने योजनामा छन् । डोनबास, मारियोपोल हुँदै खेरसनसम्म जेलेन्स्कीको योजना सफल हुन सकेको छैन । रुसी सेना पछि हट्को साटो निरन्तर अघि बढिरहेको छ । अगष्ट महिनामा युक्रेनले दक्षिणी युक्रेनलाई फिर्ता ल्याउने अठोट गरेर प्रत्याक्रमण गरीरहेको छ । तर यो उसैलाई प्रत्युत्पादक बनिरहेको छ ।

रुसलाई युक्रेनमा पराजित गर्न अमेरिकाले अर्बौ डलरको अत्याधुनिक हतियार, मिसाईल दिइसकेको छ भने थप दिने घोषणा पनि गरेको छ । अमेरिकाले दिएका हतियारलाई निसाना बनाउँदै रुसी सेनाले हमला गरिरहेको छ ।

यसैबीच खेरसनमा अपेक्षित उपलब्धी हात नपारेपनि युक्रेनका राष्ट्रपति जेलेन्सकीले आफ्नो सेनाले प्रत्याक्रमण शुरु गरेको भन्दै युक्रेनी भूभाग खाली गरेर हिँड्न रुसी सेनालाई चेतावनी दिएका छन् । उनले रुसी सेनालाई कि मृत्यु रोज्न र कि आफ्नो भूमि छोड्न समेत भनेका छन् । तर, जेलेन्स्कीले यस्तो चेतावनी पहिले पनि दिइसकेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal