आज :

तइवानले चीनविरुद्ध पहिलो फायर खोल्यो, चिनियाँ जनमुक्ति सेना पनि अघि बढ्यो

  • अनलाइन डबली

काठमाडौं । ताइवानले चीन विरुद्ध पहिलो पटक गोली चलाएको छ । ताइवानको सेनाले आफ्नो टापु नजिकै चिनियाँ ड्रोनमा गोली हानेको हो । यसअघि चिनियाँ सेनाले यो क्षेत्रमा ड्रोन उडाएपनि ताइवानले गोली नै चलाएको थिएन । यसलाई ताइवानले चीनविरुद्ध फायर खोलेको रुपमा लिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ताइवानका सैन्य प्रवक्ताले गोली चलाएको पुष्टी गर्दै ड्रोनले चीनको तटमा रहेको ताइवान नियन्त्रित टापुमा प्रवेश गर्न खोजेपछि फाइरिङ गरेको बताएका छन् । उनले फायरिङ पछि ड्रोन चीन फर्किएको समेत बताएका छन् । यो घटना पहिलो भएको समेत ताइवानको सेनाले स्वीकार गरेको छ ।

ताइवानका राष्ट्रपति साई इङ्ग-वेनले भने स्वशासित टापुको सैन्य इकाईलाई चीनले दैनिक रूपमा पठाउने विमान र युद्धपोतहरूप्रति धैर्य गर्न आग्रह गरेकी छन्। उनले ताइवानले चीनलाई द्वन्द्व भड्काउने मौका नदिने बताए । राष्ट्रपति वेन अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनका सैन्य गतिविधिप्रति  संयमित भएको बताइएपनि ताइवानले फायर खोलेको छ ।

ताइवानको पश्चिमी तटमा रहेको पेंघुमा रहेको नौसेना आधारमा पुगेर सैनिकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति वेनले चीनलाई शत्रु भन्दै जतिसुकै उक्साहट गरे पनि हामी संयमित हुन आवश्यक रहेको बताइन् ।

ताइवानले पहिलो पटक आफूविरुद्ध फायर खोलेपछि चिनियाँ जनमुक्ति सेना अघि बढेको बताइएको छ । उसले जल, स्थल र हवाई क्षेत्रमा गस्ती बढाउनुको साथै ताइवानलाई घेराउ बढाउँदै लगेको बताइएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई अमेरिकाले जबरजस्त ताइवानको ‍भ्रमण गराएर विवादमा घ्यू थपेको चीनले आरोप लगाएको छ ।

चीनको सुरक्षा चेतावनीको बेवास्ता गर्दै पेलोसीले ताइवान पुगिन् र त्यसको एक हप्ता नपुग्दै अमेरिकी सांसदहरुको अर्को टोली ताइवान पुगेको थियो । परिवारका सदस्यसहित पेलोसीलाई प्रतिबन्ध लगाएर चीनले सैन्य अभ्यास सुरु गरेको थियो । रियल अस्त्रसहित चिनियाँ जनमुक्ति सेनाले ताइवानलाई चारैतिरबाट घेराउ गरेर एक हप्तासम्म लगातार सैन्य अभ्यास गरेको थियो । अहिले पनि चीनले ताइवानमाथि नाकाबन्दी लगाएको छ ।

ताइवनले पनि आफ्नाे सेनालाई युद्धको लागि तयारी अवस्थामा राखेको छ । ताइवानले पनि जवाफी सैन्य अभ्यास गरेको छ । रातारात समुन्द्री सतह र पहाडमा भएको गुफालाई बंकर बनाइरहेको छ । अमेरिकासँग सैन्य अस्त्र खरिदको प्रक्रिया अघि बढाएको बताइएको छ ।

चीन र ताइवान विवादलाई झन चर्काउने गरी केही दिनअघि दुईवटा अमेरिकी युद्धपोत ताइवान स्ट्रेट हुँदै अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै गएका थिए। युद्धपोत सो क्षेत्रबाट बाहिर जाँदै गर्दा अमेरिकी नौसेनाले लड्न बहाना नदिने बताएको थियो । यो चीनलाई चेतावनी दिएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले एसिया भ्रमणको क्रममा चीनले ताइवानमाथि हमला गरे आफ्नाे सेनाले हस्तक्षेप गर्ने बताएका थिए । अहिले पनि अमेरिकी सेनाको एक टुकुडी ताइवानमै रहेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । अमेरिकाले सैन्य तालिम दिइरहेको छ । अमेरिकाले तालिम सकिएपछि हतियार बेच्न बताइएको छ ।

एक चीन नीति स्वीकार गरेको अमेरिकाले यसो भनेपछि चीन झन् आक्रोसित बनेको समाचारमा उल्लेख गरिएको छ । चीनले केही दिनअघि मात्रै रुस र थाइल्याण्डसँग मिलेर संयुक्त सैन्य अभ्यास समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal