आज :

चीनसंग तनाव चलिरहेका बेला गृहयुद्धको खतरामा अमेरिका, खुल्यो यस्तो डरलाग्दो रहस्य

  • अनलाइन डबली

काठमाडौँ । चीनसंग तनाव बढिरहेका बेला ४० प्रतिशतभन्दा बढी अमेरिकीहरुले आगामी दश वर्षभित्र देशमा गृहयुद्ध हुनसक्ने भनेर सोच्ने गरेको एक नयाँ सर्वेक्षणले देखाएको छ । आफूलाई ‘कट्टर रिपब्लिकन’ मान्नेहरू माझ यो दर ५० प्रतिशतभन्दा बढी रहेको पाइएको हो ।

चर्चित सर्वेक्षण फर्म ‘यु–गभ’ र ‘द इकोनोमिक्ट’ म्यागजिनले संयुक्त रुपमा गरेको यस सर्वेक्षणको परिणाम पछिल्लो समय यही विषयमा भएका अन्य सर्वेक्षणको परिणाम अनुरुप नै देखिन्छ ।

अमेरिकामा गहिरिँदै गएको राजनीतिक ध्रुवीकरणले हिंसा बढाउनसक्ने तर्फ विश्लेषकहरुले पहिलेदेखि सतर्क गराउँदै आएकोमा मानिसहरुमा पनि त्यो डर रहेको मत सर्वेक्षणले देखाउँछन् ।

अमेरिकाका दुई दलका समर्थकहरुले फरक दलका समर्थकलाई सहन नसक्ने क्रम बढ्दै गएको छ । आइतबार रात साउथ क्यालिफोर्नियाकी सिनेटर लिण्ड्से ग्राहमले ह्वाईट हाउस छाडेपछि ट्रम्पले आफूसँगै लगेको गोप्य दस्ताबेजको विषयमा उनलाई दोषी प्रमाणित गरे ‘सडकमा दंंगा हुने’ चेतावनी दिएकी थिइन् ।

कयौं डेमोक्रेट्सहरुले ग्राहमको भनाइलाई हिंसाको उक्साहट भन्दै विरोध गरे । तिनले यस्तै खालको बोलीले सन् २०२१ जनवरी ६ मा संसदमा आक्रमण भएको बताएका छन् ।

सन् २०२१ जनवरी ६ मा डोनाल्ड ट्रम्पको पराजय उल्ट्याउन माग गर्दै ट्रम्प समर्थकहरुले अमेरिकी संसद भवन ‘क्यापिटल हिल’माथि आक्रमण गरेको थिए । त्यस दिन र त्योसँग जोडिएर हालसम्म नौ जनाले आत्महत्या गरिसकेका छन् ।

त्यसयता अमेरिकामा राजनीतिक हिंसाको सम्भावनाप्रति चिन्ता बढ्दै गएको छ । विज्ञहरु छिटपुट हिंसा भए पनि अमेरिकामा सन् १८६१–६५ को समयको गृहयुद्धजस्तो पूर्ण–स्तरको सशस्त्र द्वन्दको सम्भावना नरहेको बताउँछन् ।

युगोभ र द इकोनोमिष्टले गरेको मत सर्वेक्षणमा ६५ प्रतिशत सहभागीले सन् २०२१ यता राजनीतिक हिंसा बढेको बताए । ६२ प्रतिशत सहभागीले आगामी केही वर्षमा राजनीतिक हिंसा बढ्दै जाने चिन्ता व्यक्त गरे ।

त्यस्तै ‘आगामी १० वर्षभित्र, तपाई अमेरिकामा गृह–युद्ध हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?’ भन्ने प्रश्नमा ४३ प्रतिशत अमेरिकीले थोरै भए पनि गृहयुद्धको सम्भावना रहेको बताए ।

आफूलाई कट्टर रिपब्लिकन पार्टीका समर्थक बताउने सहभागीहरुमध्ये झण्डै ५४ प्रतिशतले केही मात्रामा गृहयुद्धको सम्भावना स्वीकारे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal