आज :

पुटिनको ब्रह्मास्त्र ! ब्यूरेवेस्तनिक मिसाइल हमलाको तयारी, परमाणुबाट चल्छ र अनलिमिटेड हमला

  • अनलाइन डबली

काठमाडौँ । रुसले ब्यूरेवेस्तनिक मिसाइल प्रयोगमा ल्याउने तयारी गरेको छ । युक्रेनमा गरेको सैन्य कारवाहीको बहानामा पश्चिमा देशहरुले रुसले घेराबन्दी गर्न थालेपछि रुसले यो मिसाइल प्रयोग गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । यो मिसाइल सिस्टम विश्वमा रुसले नै पहिलो विकास गरेको हो ।

यसलाई न्यूक्लियर सिमाइल भन्ने गरिन्छ । मिसाइलको भित्र प्रयोग गरिएको परमाणु उर्जाबाट यो चल्छ । रुसले यसलाई सन् २०१८ बाट विकास गर्न थालेको बताएको छ । यसलाई रुसले सन् २०२५ सम्म एक्सनमा उतार्ने भनेको थियो । तर, युक्रेनलाई लिएर नेटोले रुसलाई चुनौती दिन थालेपछि यो चाँडो एक्सनमा उतार्ने अवस्था आउन सक्ने रुसी संचारमाध्यमहरुले बताएका छन् ।

परमाणु उर्जाबाट चल्ने भएकोले यसको दूरी अनलिमिटेड छ । यसलाई अहिले सम्म विकास भएका डिफेन्स सिस्टमले पनि ट्रयाक गर्न सक्दैन । यो मिसाइलको अर्को मुख्य विशेषता भनेको हमला गरिसकेपछि टारगेट पूरा गरी छाड्छ । टारगेट पूरा नभएसम्म लगातार उडिरहन्छ ।

यो मिसाइल प्रतिघण्टा एक हजार किलोमिटर पार गर्न सक्छ । यसको तौल एक हजार किलो रहेको छ । यसले न्यूक्लियर वारहेड समेत लिएर हमला गर्न सक्छ । यो मिसाइलले मार गर्ने दूरी वा निसाना निश्चित छैन । यो जति घण्टासम्म उड्न सक्छ र जुन दूरीमा पनि मार गर्न सक्छ । यसले विश्वको कुनै पनि कुनाको टारगेटलाई पूरा गर्न सक्छ ।

यो मिसाइललाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको ब्रह्मस्त्रको रुपमा पनि व्याख्या गरिएको छ । यो परमाणु उर्जाबाट चल्ने भएकोले निसाना लगाएको क्षेत्रमा न्यूक्लियर रियाक्टको खतरा पनि हुन्छ । यो बमरबाट प्रहार गर्न नसकिने भएकोले यसलाई ट्रकबाट सिस्टमसहित युद्धमा उतारिन्छ ।

यसैबीच रुसले नेटोलाई आर्केटिक क्षेत्रमा गतिविधि नबढाउन चेतावनी दिएको छ । सो क्षेत्र रुसको भएको बताउँदै त्यस्ता गतिविधि हेरेर नबस्ने राष्ट्रपति पुटिनका प्रवक्ताले चेतावनी दिएका छन् । केही दिनयता नेटोले सो क्षेत्रमा सैन्य गतिविधि बढाएको बताइएको छ ।

उता बेलारुसले अमेरिका र उसका सहयोगी देशहरुमा परमाणु हमला गर्ने चेतावनी दिएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले आफूहरुले परमाणु हमला गर्न सक्ने गरी फाइटर विमान अपग्रेड गरिसकेको बताउँदै पश्चिमा देशहरुले अझै उक्साउने कार्य बन्द नगरे हमला गर्ने चेतावनी दिएका हुन् ।

लुकाशेन्कोले आफूहरुले नेटो देशहरुलाई निसानामा राखेको समेत बताए । उनले आफ्नो देशलाई परमाणु हमला गर्न बाध्य बनाइए नेटो देशका विमान र हेलिकोप्टर पूरै ध्वस्त पारिदिने चेतावनी समेत दिएका छन् ।

बेलारुसका सरकारी संचारमाध्यमले आफ्नो देश परमाणु हमला गर्न सक्षम भएको समाचार प्रसारण गरेका छन् । परमाणु हतियारबाट हमला गर्न सक्ने विमान अपग्रेड गरिएको समाचारमा बताइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

“पश्चिमी देशहरुले यो बुझ्नुपर्छ यो अवस्था भड्काउने जारी राखे कसैको हेलिकोप्टर वा विमान बच्ने छैनन्” राष्ट्रपति लुकाशेन्कोले भने । उनले आफू र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच रुसमा भएको भेटमा विमान मोर्डिफाई गर्ने कुरा भएको बताउँदै उक्त कार्य आफ्नो देशले सम्पन्न गरेको समेत बताए ।

“पुटिन र मेरो पीटरवर्गमा भएको भेटमा बेलारुसका विमान मोर्डिफाई गरौं ताकी परमाणु हतियार लिएर हमला गर्न सकोस् भन्ने कुरा भएको थियो । त्यो कार्य हामीले सकेका छौं, अब परमाणु अस्त्र प्रहार गर्ने छौं” लुकाशेन्कोले भने । उनले सुखोई–२४ को मोर्डिफाई जुन महिनामा सम्पन्न भएको समेत बताए ।

राष्ट्रपति लुकाशेन्कोले आफूहरुको हमलाबाट हुने क्षतिको पश्चिमा देशहरुले कल्पना समेत गर्न नसक्ने समेत दाबी गरे । बेलारुस युक्रेनमा सैन्य कारवाही गर्ने रुसको कदमको समर्थन गर्दै आएको छ । उसले आवश्यक परेको अवस्थामा रुसी सेनालाई आफ्नो जमिन र हवाई क्षेत्र प्रयोग गर्न अनुमति यसअघि नै दिइसकेको छ । तर, सैनिक भने पठाएको छैन ।

यसअघि सीमा क्षेत्रमा नेटो सेनाले गतिविधि बढाएको भन्दै बेलारुसले रुससँग परमाणु हतियार मागेको थियो । परमाणु हतियारसँगै एन्टी मिसाइल सिस्टम पनि बेलारुसले तैनाथ गरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal