आज :

जापोरेजिया परमाणु केन्द्रमा फेरि रकेट प्रहार, युरोपमा ठूलो संकट आउन सक्ने 

  • अनलाइन डबली

काठमाडौं । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा उत्पादन केन्द्रमा फेरि रकेट प्रहार भएको छ । रुसी सेनाको नियन्त्रणमा रहेको उक्त केन्द्रमा युक्रेनले रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

युक्रेनको जापोरेजियामा रहेको उक्त केन्द्रमा पछिल्लो दिनहरुमा युक्रेनी सेनाले रकेट प्रहार गरिरहेको छ । पछिल्लो रकेट प्रहारबाट केन्द्रको  भवनको छानोमा क्षति पुगेको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

जापोरोजिया क्षेत्रका प्रशासन प्रमुख भ्लादीमीर रोगोभले टेलिग्राममा युक्रेनको तर्फबाट रकेट प्रहार गरेको उल्लेख गरेका छन् । त्यस भवनबाट परमाणु फ्युल चल्ने गर्दछ ।

युक्रेनले ड्रोन मार्फत पावर प्लान्टमा हमलाको प्रयास गरेको र रुसी एयर डिफेन्स सिस्टम मार्फत त्यसलाई खसालिएको रुसले जनाएको छ । सो क्षेत्रलाई रुसले नियन्त्रणमा लिएपछि युक्रेनले परमाणु संयन्त्रमै बम हान्दा खतरा पैदा भएको छ ।

यो न्युक्लियर सेन्टरबाट रेडिएसन फैलिएमा पुरै युरोपभर संकट आउन सक्ने भन्दै रुसले सबै देशलाई युक्रेनमाथि दबाब दिन आग्रह गरेको छ । यसैबीच आईएईएका प्रतिनिधिहरु सो क्षेत्रमा जाने क्रममा रहेका छन् । उनीहरुले सो क्षेत्रको अवलोकन गर्नेछन् ।

युक्रेनले रुसले हतियार भण्डारण केन्द्र बनाएको आरोप लगाएपछि रुसले सो केन्द्रको अनुगमनको तयार भएको हो । युक्रेनले सो केन्द्र पुनः कब्जामा लिन अमेरिकाले दिएका लामो दूरीबाट हमला गरिरहेको बताइएको छ ।

ऊर्जा केन्द्रका प्रमुखले रुसले सो क्षेत्रमा हतियार भण्डार नगरेको बताएका छन् । उनले पछिल्ला दिनहरुमा युक्रेनले नै रकेट प्रहार गरेका कारण निकै जोखिम बढेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal