आज :

पेरिसका लागि उडेको एयरबसमा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान

  • अनलाइन डबली

काठमाडौँ । ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२०मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो ।

होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप गरेका थिए । विमान सुरक्षित ढंगल अवतरण नहुन्जे उडान दलका एक सदस्य ककपिटमा बसेका थिए ।

तर, उक्त दुर्घटनाले उडानलाई असर नगरेको उक्त एयरलाइनले जनाएको छ ।उक्त घटनाबारे फ्रान्सको वायु अनुसन्धान निकायले अध्ययनपछि एक रिपोर्ट प्रकाशित गरेको थियो ।

उता अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ । हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो ।

प्रारम्भिक विवरण अनुसार विमान स्थानीय समय अनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फिमा अवतरणका निम्ति निर्धारित थियो। अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोले जनाइएको छ।

यता पाकिस्तानमा डुंगा पल्टिदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।

उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताहरूले ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेछ ।

यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal