आज :

राजधानीमा रहेको चिडियाखानामा सिंहले खायो मान्छे, कसरी घट्यो यस्तो घटना ?

  • अनलाइन डबली

काठमाडौँ । घानाको चिडियाखानाको एउटा सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको चिडियाखानका अधिकारीहरूले बताएका छन् ।

राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षा बार बाहिर हाम फालेर सिंहले आ क्रमण गरेको घानाको वन्यजन्तुको प्रभारी राज्य निकाय वन आयोगले जनाएको छ ।

‘घेराको भित्री बारमा रहेको एउटा सिंहले आक्रमण गरी घाइते बनाएको थियो’ विज्ञप्तिमा भनिएको । सिंहको आक्रमणमा गम्भीर घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ती व्यक्ति चिडियानको प्रतिबन्धित क्षेत्रमा कसरी पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक प्रहरी प्रवक्ताले भने, ‘हामीले ती व्यक्ति कसरी प्रतिबन्धित क्षेत्रमा प्रवेश गरे भन्ने कुरा पत्ता लगाउन अनुसन्धान गरिरहेका छौं । ’

उता लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।

अरब न्यूजका अनुसार सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ भने १५९ जना घाइते भएका छन् । लिवियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पुर्याउनुका साथै भवनमा आगजनी गरेका थिए ।

आ क्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् र एम्बुलेन्सहरू प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्, मन्त्रालयले घटनालाई यसअघि नै ‘युद्ध अपराध’को संज्ञा दिँदै यसको निन्दा गरेको थियो ।

सन् २०१९ र २०२० मा हफ्तारले लिबियाको राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेयता लिबियाको राजधानीमा भएको यो सबैभन्दा घातक हिं सा हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal