आज :

चीनसँग लड्न ताइवानले पहाडका गुफालाई बंकर बनाएको खुलासा, जहाँ तोप तैनाथ गरिएका छन्

  • अनलाइन डबली

काठमाडौँ । चीनसँग लड्ने ताइवानले पहाड र समुन्द्र छेउछाउका प्राकृतिक गुफालाई बंकर बनाएको खुलासा भएको छ । ताइवानले पहाडी क्षेत्रका प्राकृतिक गुफासँगै नयाँ बंकर पनि तयार गरेर अत्याधुनिक हतियार तैनाथ गरेको छ । भारतीय पत्रकार मनिष झा ताइवानले किनमैन द्वीप आसपासमा बनाइएका बंकरमा पुगेका छन् । ताइवनी सेनाले प्राकृतिक गुफासँगै नयाँ बंकर खनेको छ । त्यहाँ चीनको हमला गरे नागरिकलाई लुक्न सक्ने गरी फराकिलो बनाइएको भिडियोमा देख्न सकिन्छ ।

चिनियाँ सेनाको जहाज र युद्धपोतमाथि प्रहार गर्न किनमैन ल्याण्डको जल सतहसँगै जोडिएको गुफालाई बंकर बनाइएको छ । जहाँ शक्तिशाली तोप तैनाथ गरिएको छ । ताइवानी संचारमाध्यमहरुका अनुसार सो जल क्षेत्रमा चिनियाँ जहाज दुई पटक पुगिसकेका छन् ।
चट्टानको बीचको गुफालाई बंकर बनाएकोले बाहिरबाट गरिने प्रतिवाद निष्प्रभावि बन्ने पत्रकार

मनिष आफ्नो रिपोर्टमा बताउँछन् । उनले एउटा सबैभन्दा ठूलो बंकरमा आफू पुगेको बताए । अग्लो ठाउँबाट समुन्द्री सतहतिर बंकर बनाइएको छ । भित्र निकै खुला छ । सयौं ताइवानी सेना महिनौं त्यहाँ लुकेर लड्न सक्ने मनिष बताउँछन् ।

चीनलाई चिढाउन र विवाद झन् चर्काउन अमेरिकी युद्धपोत ताइवान नजिक पुगेको बताइएको छ । चिनियाँ संचारमाध्यमहरुले अमेरिकी युद्धपोत आफ्नो जलक्षेत्र पुगे जवाफ दिने बताइरहेका छन् । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको अगस्ट महिनाको सुरुमा भएको ताइवान भ्रमणपछि उत्पन्न तनावमाझ पहिलो पटक अमेरिकी युद्धपोत सो क्षेत्रमा आएका हुन् । चीनले सैन्य अभ्यास गरेको क्षेत्रमा अमेरिकी युद्धपोत पुगेको छ ।

सो जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अन्य पश्चिमा नौसेनाले नियमित रूपमा आउजाउ गर्ने गरेका छन् । आइतवार चिनियाँ सेनाले ती दुई युद्धपोतका यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको जनाएको छ । रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सेनाले जस्तोसुकै उक्साहटलाई परास्त गर्न तयार रहेको जनाएको छ ।

अमेरिकी नौसेनाले एक विज्ञप्तिमा ताइवान स्ट्रेट हुँदै गरिने यात्राले स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रका लागि अमेरिकी प्रतिबद्धता प्रस्तुत गर्ने जनाएको छ । विज्ञप्तिमा ती पानीजहाजहरू उक्त स्ट्रेटमा त्यस्तो जलमार्गबाट अगाडि बढेका छन् जुन कुनै तटीय राज्यको जल सीमाभन्दा बाहिर पर्ने पनि उल्लेख गरिएको छ । ताइवानको रक्षा मन्त्रालयले ती पानीजहाजहरू दक्षिणी दिशामा रहेको र आफ्ना फौजले त्यसलाई निगरानी गरेको भए तापनि सामान्य अवस्था रहेको जनाएको छ ।

अमेरिकाले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको पनि त्यसविरुद्धका गतिविधि गर्दै आएको अरोप लाग्ने गरेको छ । अमेरिकाले सो टापुबारे समातेको मध्यमार्ग नै एक .चीन नीति विरुद्ध भएको चीनले आरोप लगाउँदै आएको छ । जसका कारण पछिल्ला वर्षहरूमा ताइवान वासिङ्टन र बेइजिङबीचको सङ्घर्ष प्रकट हुने नयाँ विषय बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal