आज :

चीनसँग जारी तनावकाबीच अमेरिकी युद्धपोत ताइवानमा, जवाफी कारवाही गर्ने चीनको तयारी

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिरहेको बताएको छ ।​

न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरिन् जसमा चीनले कडा आपत्ति जनाएको थियो ।

यद्यपि, ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा होइन । विगतमा धेरै देशहरूले यस क्षेत्रमा यस्तो अपरेशन गरेका छन् ।

यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै यो उत्तेजक कार्य भएको बताएको छ । साथै, ताइवान चीनको अभिन्न अंग भएको पनि यसमा बताइएको छ । यसको जवाफ दिने समेत चीनले चेतावनी दिएको छ ।

उता लिबियाको राजधानी त्रिपोलीमा पुनः हिं सा भड्किएको छ । सो हिं सामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् ।

स्वास्थ्य मन्त्रालयले त्रिपोलीमा शनिबार विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ । सो हिं सामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुका पनि क्षति पुगेको बताइएको छ ।

शनिबार भएको यहाँका विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ । सो आक्रमणको संयुक्त राष्ट्र सङ्घीय मिसनले विरोध गरेको छ ।

लिबियामा रहेको संयुक्त राष्ट्र सङ्घीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal