आज :

रुसले क्रुज मिसाइल प्रहार गर्न सक्ने मिग–३५ फाइटर विमान भारतलाई दिने, यस्ता छन् विशेषताहरु

  • अनलाइन डबली

काठमाडौँ । रुसले आफ्नो पछिल्लो निकै शक्तिशाली लडाकु बिमान भारतलाई दिने लागेको छ । भारतसँग भएको वार्ताको क्रममा अपग्रेड लडाकु बिमान बेच्न तयार भएको हो । भारतले रुससँग सुखोई ३० एमकेआईको अपग्रेड र १२ सुखोई–३० एमकेआई पनि खरिद गर्न वार्ता चलिरहेको छ ।

मिग–३५ बिमान प्रतिघण्टा ३१ सय किलोमिटर उड्न सक्छ । चौथो पीढिको लडाकु बिमान हो । रुसले पहिलो पटक सन् २०१७ मा मिग ३५ को प्रदर्शन गरेको थियो । यो विमान सिंगल डबल सीट मोडलमा बनाइएको छ ।

यो विमानको दुईवटा भेरियन्ट पनि रुसले तयार गरेको छ । सिगल सिट भेरियन्टको नाम मिग– ३५ एस र डबल सिट भेरियन्टको नाम मिग– ३५ यूबी नाम दिइएको छ । सैन्य अस्त्रको पनि अपग्रेड गरेको छ ।

यसमा अप्टिकल लोकेटर सिस्टम लगाइएको हुन्छ । रडारले ट्रयाक गर्न सक्दैन यसले हावाबाट जमिनमा सटिक निसाना लगाउछ । क्रुज मिसाइल प्रहार गर्न सक्षम छ । एकै पटक धेरै मिसाइल प्रहार गर्न सक्छ ।

अमेरिकाले भारतलाई रुससँग सैन्य हतियार खरिदको लागि सहमति दिएको थियो । यसअघि भारतले रुससँग सैन्य अस्त्र खरिदलाई लिएर अमेरिका भारतसँग असन्तुष्ट बन्दै गएको थियो । युक्रेनमा रुसले गरेको सैन्य कारवाहीपछि देखिएको विश्व विभाजनसँगै अमेरिका लचिलो बनेको हो । सम्भावित विश्व युद्धमा भारत रुसको क्याम्पमा जाने अमेरिकालाई डर रहेको छ । त्यसैले अमेरिकाले भारतलाई नचिढाउने रणनीति लिएको छ ।

अमेरिका भारत र चीनबीच द्वन्द्व बढाउन चाहन्छ । अमेरिकी सेना र भारतीय सेनाले चीन–भारत सीमा क्षेत्रमा सैन्य अभ्यास गरेका थिए । यसले चीनलाई अक्रोसित बनाएको छ ।

अहिले भारत रुससँगको पूरानो सम्बन्धलाई थप मजबुद बनाउँदै अमेरिकालाई पनि चिढाउने काम नगर्ने रणनीतिमा छ । चीनसँग भारतले लड्ने अवस्था आयो भने अमेरिकाको साथ चाहिने भारतको बुझाई छ । चीन र रुस मिलेर अगाडि बढिरहेकाले आफूलाई साथ नदिने डर भारतलाई छ ।

भारतीय संचारमाध्यमहरुले हिन्दूस्तानले रुससँगकाे पुरानाे सम्बन्धलाई थप मजबुद बनाउने लागेको छ । यो विमान खरिदको टुंगो लागेसँगै अमेरिका हेरेको हेर्यै भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal