आज :

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा, नामलिस्टसहित

  • अनलाइन डबली

काठमाडौँ । असोज ३ गतेसम्म ‍काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि नेपालको राष्ट्रिय टोलीको घोषणा ‍गरिएको छ। मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

प्रतियोगिताको समूह बीमा नेपालले भुटान र श्रीलंका खेल्नेछ। डिफेन्डिङ च्याम्पियन भारतले समूह एमा माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्।

नेपालले उद्घाटन खेलमा भदौ २१ मा भुटानसँग खेल्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालीको अन्तिम टोलीमा गोलकिपरहरु एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ रहेका छन् ।

त्यस्तै डिफेन्डरमा हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनमजर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक रहेका छन् ।

मिडफिल्डरमा विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी छन् भने फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal