आज :

युक्रेन नेटोमा सहभागी नभए पनि हमला नरोकिने रुसको घोषणा, निर्णायक आक्रमणको तयारी

  • अनलाइन डबली

काठमाडौँ । मस्कोले युक्रेनमा आफ्नो सैन्य अभियानलाई औपचारिक रूपमा नेटोमा सामेल हुने आकांक्षा त्यागे पनि मस्कोले रुसी हमला नरोक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले बताए ।

रुसको सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले फ्रान्सेली टेलिभिजनसँगको एक अन्तर्वार्तामा निश्चित शर्तमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्न सकिने बताए ।

फेब्रुअरी हमलाअघि नेटोको युक्रेनी सदस्यता आफूलाई मान्य नहुने मस्कोले जनाएको थियो । ‘उत्तर एट्लान्टिक गठबन्धनमा आफ्नो सहभागिता त्याग्नु अत्यावश्यक छ, तर शान्ति स्थापना गर्न यो पहिले नै अपर्याप्त छ’, मेदभेदेवले भने ।

रुसले आफ्नो लक्ष्य हासिल नभएसम्म अभियान जारी राख्ने उनले बताए । पुटिनले आफू युक्रेनलाई ‘डिनाजिफाइड’ गर्न चाहेको बताएका छन् ।

किभ र पश्चिमाहरूले यसलाई युद्धको लागि आधारहीन बहाना भनेका छन् । युक्रेनमाथि रुसी हमला गर्नुअघि मस्कोले किभलाई​नेटोको सदस्यता लिने प्रक्रिया रोक्न चेतावनी दिएको थियो ।

यता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धको औजारका रूपमा असैनिक आणविक केन्द्रको प्रयोग नगर्न शुक्रबार चेतावनी दिएका छन् ।

‘कुनै पनि अवस्थामा युद्धले देश, क्षेत्र र हामी सबैको आणविक सुरक्षालाई कमजोर पार्नुहुँदैन । असैनिक आणविक शक्तिको पूर्ण संरक्षण हुनुपर्छ,’ अल्जेरिया भ्रमणका क्रममा म्याक्रोंले भने ।

यसैबीच राष्ट्रपति म्याक्रोंले इरानसँग विश्वका शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौतालाई पुनः जीवित गर्ने वा नगर्ने कुरा इरानमा निर्भर रहेको र यसले सबै कुरा सुल्झाउन नसके पनि सम्झौता ‘उपयोगी’ हुने बताएका छन् ।

सम्झौतालाई पुनः जीवित गर्न सफल हुने सम्भावनाबारे सोधिएको प्रश्नमा म्याक्रोंले भने, ‘अब बल इरानको हातमा छ, गोल गर्ने नगर्ने उसमा निर्भर गर्नेछ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal