आज :

सर्केगाड गाउँपालिकाको करार परिक्षा संचालन

  • अनलाइन डबली

सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालिकामा संघिय सरकारको अनुदान बाहेक अन्य सबै करार कर्मचारीको सम्झौता मिति २०७९÷०४÷०२ मा सर्केगाड गाउँपालिकाले भङ्ग गरेको थियो । भङ्ग गरिएको २० दिन पछि प्रथाम पटक करार सेवामा सूचना प्रकाशित गर्दै गाउँपालिकाले प्रशासन सहायक,अनमि,अहेब, बैद्य, रोजगार सहायक, इन्जीनीनियरिङ,पशु, कृषि, शिक्षक, कम्प्युटर अप्रेटर लगायत विविध पदमा ५३ वटा सिटमा खुला बिज्ञापन खोलेको थियो। सर्केगाड गाउँपालिकाले आव्हान गरेको दर्खास्तमा ५३ सिटका लागि ३ सय ७६ जनाको आबेदान परेको छ । बिहिवार एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले गरेको बिज्ञापनको परिक्षा मिति तोकिए अनुसार प्रशासन सहायकको आज भाद्र १० गते बिहान ८ बजेबाट परिक्षा श्री हिम ज्योति उच्च माध्यामिक विद्यालयमा सुरु भयको छ ।

परिक्षालाई व्यबस्थित, अनुसासित र निस्पक्ष्य ढंगले संचालन गर्ने सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले अनलाइन डबलीलाई बताए । “कर्मचारी भनेका दिगो बिकासको संरचनाका मेरुदण्ड हुन्, त्यसकारण अब आउने सभ्य र दक्ष्य कर्मचारीहरुसंग हातेमालो गरी सर्केगाड गाउँपालिकालाई एउटा नयाँ सिस्टममा लैजाने कुरा हो” अध्यक्ष रोकायाले थपे । त्यसैगरी उपाध्यक्ष चन्द्रसिंह कर्की भन्छन्,“हामी जे गर्छौं राज्याको नियम कानुनमा टेकेर काम गर्छौं । आखिर हतार किन ? समयमै सबै काम कार्य पूरा गरि सक्ने र जे जति काम गर्छौं दिगोपनलाई ख्याल गर्दै पारदर्शी रुपमा अगाडी बढाउनु पर्छ ।”

अध्ययनको शिलशिलामा सहरका विभिन्न ठाँउहरुमा पठान पाठन गर्नेको संख्या पनि परिक्षामा समाबेश भएको देखिन्छ । ठूलो संख्यामा दरखास्त पर्नु भनेको हाम्रो लागि निकै खुसी र गौरवको विषय भएकोे र परिक्षाको उत्तर पुस्तिका प्रहरीको रोहवरमा चेक गर्ने प्रमुख प्रशासकिय अधिकृत नर बहादुर रावतले बताए । आजबाट सुरु भएको परिक्षा, परिक्षा कार्यतालिका अनुसार क्रमश संचालन हुने भयको छ भने परिक्षालाई मर्यादित र सुरक्षाको लागि कुनै कसुर बँकि नराख्ने ईलाका प्रहरी चौकी सर्केगाडले जनाएको छ ।

यम्बी थापा

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal