आज :

सिरियामा भिषण रकेट आक्रमण, अमेरिकी सैनिकको बेहाल

  • अनलाइन डबली

काठमाडौँ । रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ।

मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ ।

संदिग्ध इरान समर्थित लडाकुहरुले बुधबार साँझ उत्तरपूर्वी सिरियाको कोनोको र ग्रीन गाउँमा अमेरिकी सेनाहरू बस्ने दुईवटा अमेरिकी बेसमा रकेटहरू प्रहार गरेका थिए।

अमेरिकी सेनाले भने सो आक्रमणको हेलिकप्टर प्रयोग गर्दै जवाफ दिएको छ र प्रक्षेपणमा प्रयोग गरिने तीनवटा गाडी र उपकरणहरू नष्ट गरेको बताएको छ । आक्रमणबारे अनुसन्धान भइरहेको छ ।

यसैबीच भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ ।

यो घटनाले दुई आणविक हतियारयुक्त देशबीच तनाव बढाएको थियो । दिल्लीले उक्त घटनालाई नियमित मर्मत सम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थियो ।

इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरबाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र भविष्यमा नदोहोर्याउन चेतावनी दिएको छ । ९ मार्चको घटनाका लागि जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको भारतीय वायुसेनाले एक विज्ञप्तिमा जानकारी दिएको छ ।

ब्रह्मोस रसिया र भारतले संयुक्त रूपमा विकास गरेको एक परमाणु–सक्षम क्रुज मिसाइल हो । क्षेप्यास्त्रले मार्च ३ मा १२ हजार मिटरको उचाइमा पुगेर दुर्घटना हुनुअघि पाकिस्तानी आकाशमा १२४ किलोमिटर उडेको थियो ।

क्षेप्यास्त्रले भारत र पाकिस्तानी हवाई क्षेत्रमा धेरै यात्रु र अन्तर्राष्ट्रिय उडानका साथै जमिनमा मानव जीवन र सम्पत्तिलाई खतरामा पारेको पाकिस्तानी वायु सेनाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal