आज :

काठमाडौंमा मेयर बालेन शाहले जब डोजर चलाए …

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास बिनै बनाएका संरचना भत्काउन सुरू गरेको छ।

बुधबार बिहान मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोलीले काठमाडौंमा मापदण्ड र अनुमति बिना बनाएका संरचनाहरू भत्काएको हो।

प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम भत्काइरहेको छ।

काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स, बिरा कम्प्लेक्सलगायत ठूला ठूला व्यापरिक भवन सँगै बनाइएका संरचना महानगरले भत्काएको हो।

३५ दिने सूचनाको अटेर गरेपछि महानगरले अवैध संरचना खडा गरेर बनाइएका पसल हटाएको हो।

केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा सञ्चालन भएका पसलहरू हटाएर संरचना भत्काएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal