सडक ब्यबसायीले मेयर बालेंनको बिरुद्दमा काठमाडौँ महानगर पालिकामा पुगेर नाराबाजी गरेका छन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिले ठुलो संख्यामा साना ब्यबसायी तथा श्रमिक सहितको समुहले आज काठमाडौँ महानगरपालिकामा पुगेर आफ्ना माग रहेको ज्ञापन पत्र दिएका हुन् । मेयर बालेन साहालाइ प्रतक्ष् भेतेर उक्त ज्ञापन पत्र दिने समितिको प्रयास भएता पनि मेयर बालेनले सो समुहसंग भेट्ने इच्छा नगरेपछि समितिले महानगरपालिका उप प्रवक्ता महेश काफ्लेलाइ सो पत्र बुझाएका छन् ।
काठमाडौँ महानगरपालिले अब्यबस्थित रुपमा संचालन गरिएका फुटपाथ पसल हटाउने अभियान चलाई रहेको छ,भने फुटपाथमा पसल संचालन गर्दै आएकाहरु संगठित भएर महानगरको यो अभियानको बिरोध गर्दै आएका छन् ।
समितिले काठमाडौँ महानगर समक्ष् दिएको तीन बुदाँको माग यस्तो छ ।
१ . सडक छेउमा श्रम रोजगार गरि जीविकोपार्जन गर्दै आएकाहरुलाइ अभिलेखीकरण गरि परिचयपत्र प्रदान गर्नु पर्ने
२. सडक व्यापारीयालाइ मापदण्ड बनाएर व्यवस्थापन गर्नु पर्ने
३. महानगर प्रशासनले गर्दै आएको अमानवीय व्यवहार बन्द गर्नु पर्ने
रहेको छ।