आज :

रक्सी पिएर नाचेपछि प्रधानमन्त्रीलाई आपत, लाग्यो यस्तो गम्भीर आरोप, भिडियोसहित

  • अनलाइन डबली

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री साना मरीनमाथि त्यहाँका प्रतिपक्षी दलका नेताहरूले लागुऔषध लिएको आरोप लगाएका छन् । रक्सी पिएर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विपक्षी दलबाट लागु औषध सेवन गरेको आरोप लागेको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी रक्सी पिएर आफ्ना साथीहरूसँग नाचिरहेको देखिएकी छिन् । यो भिडियोलाई लिएर फिनल्याण्डमा विवाद सुरु भएको छ ।

विपक्षी नेताहरूले प्रधानमन्त्री सान्ना मारिनले साथीहरूसँग पार्टीमा लागुऔषध सेवन गरेको आरोप लगाउँदै परीक्षणको माग गरेका छन् । तर, मरीनले पार्टीमा मदिरा मात्र पिएको स्पष्ट पारेकी छिन् ।

साना मरीनले लागुऔषध सेवन गरेको कुरा अफवाह भएको बताइन् । उनले आफू परीक्षणका लागि तयार भएको प्रतिक्रिया पनि दिएकी छिन् ।

‘म मेरा साथीहरूसँग थिएँ। हाम्रो पार्टी थियो,’ उनले भनिन्, ‘मैले नाचगान गरे पनि ड्रग्स कहिल्यै लिएको छैन। मसँग लुकाउन केही छैन। यो एक निजी भिडियो थियो। यसरी सार्वजनिक गर्नु हुँदैनथ्यो ।’

आफ्नो भिडियो सार्वजनिक भएकोमा साना मरीन दुःख व्यक्त गरेकी छिन् । पहिलोपटक इन्स्टाग्राममा पोस्ट गरिएको उक्त भिडियोमा मानिसहरूले तीब्र प्रतिक्रिया दिइरहेका छन् ।

कतिपयले यसलाई सामान्य भनेका छन् भने कतिपयले साना मरीन फिनल्याण्डको प्रधानमन्त्री बन्न योग्य नभएको प्रतिक्रिया दिएका छन् ।

एक प्रयोगकर्ताले भिडियोमा मरीनको समर्थनमा लेखेका छन्, ‘काम गरेपछि उनले पार्टी गर्न किन सक्दिनन् ? के तिनीहरू मानव होइनन् ?’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘प्रधानमन्त्रीको यस्तो व्यवहार स्वीकार्य छ ? मलाई लाग्छ- छैन ।’

यसअघि सन् २०२१ मा कोभिड महाव्याधिको बेला पार्टी गरिरहेको तस्बिर भाइरल भए पछि उनी विवादमा तानिएकी थिइन् । उक्त घटनामा मरीनले माफी समेत मागेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal