आज :

एसिया कप छनोटमा युएईमाथि कुवेतको १ विकेटको रोमाञ्चक जित

  • अनलाइन डबली

काठमाडौँ । ओमानमा जारी टि-२० एसिया कप छनोटमा युएईलाई १ विकेटले हराउँदै कुवेतले रोमाञ्चक जित निकालेको छ।

पहिलो पटक कुवेतसँग पराजित भएको युएईलाई अब शीर्ष स्थानमा रहेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सम्भावना कठिन बनेको छ। युएईले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको कुवेतलले अन्तिम बल बाँकी छँदै ९ विकेट गुमाउँदै पुरा गर्‍यो।

कुवेतको जितमा ओपनर रवीजा संदारूवानले सर्वाधिक ३४ रन बनाए। मिट भास्वरले २७ रन बनाउँदा एडसन सिल्भाले १४ बलमा २५ रन जोडे।

यस्तै उस्मान पटेल २१ तथा कप्तान मोहम्मद अस्लाम १९ रनमा आउट भएका थिए। युएईका बासिल हमीदले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्ताफा, जुनाइद सिद्धिकि, अहमद राजा र जाहुर खानले समान १-१ विकेट लिए।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७३ रन बनायो।

युएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ८८ रन बनाए। अर्का ओपनर मोहमम्द वासिमले ३५ रन जोडे। वृत्य अरविन्दले ३३ रन बनाएका थिए।

कुवेतका मोहम्मद शफिक, सैद मोनिव र शिराज खानले एक-एक विकेट लिए। युएई, कुवेत, हङकङ र सिंगापुर सम्मिलित खेलको शीर्ष स्थानमा रहने टोलीले एसिया कप खेल्नेछ।

यसअघि पहिलो खेलमा हङकङले सिंगापुरलाई ८ रनले हराएको थियो। सोमबार युएई र सिंगापुर खेल्नेछन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal