आज :

अत्याधुनिक हतियारसहित दक्षिण कोरियाली र अमेरिकी सेना एकै ठाउँमा, यस्तो छ तयारी, सबै तरंगित

  • अनलाइन डबली

काठमाडौँ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।

उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका हुन् । उल्ची फ्रिडम शिल्ड नाम दिइएको यो अभ्यास अक्टोबरको अन्त्यसम्म चल्नेछ ।

गत मेमा कार्यभार सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले संयुक्त अभ्यासलाई ‘सामान्य’ बनाउने र उत्तर विरुद्ध प्रतिरोध बढाउने वाचा गरिरहेका बेला पछिल्लो अभ्यास सुरु भएको हो ।

पछिल्ला वर्षहरूमा कोभिड–१९ को कारणले रोकिएको अभ्यासहरूलाई आक्रमणको लागि पूर्वाभ्यास बताइएको छ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अभ्यासको लागि प्रारम्भिक प्रशिक्षण सुरु गरेपछि उत्तर कोरियाले गत साता पश्चिमी तटीय शहर ओन्चोनबाट दुईवटा क्रुज मिसाइल प्रहार गरेको थियो ।

उत्तर कोरियाले यस वर्ष अभूतपूर्व गतिमा क्षेप्यास्त्र परीक्षण गरेको छ र जुनसुकै बेला आफ्नो सातौं आणविक परीक्षण गर्न तयार रहेको दक्षिण कोरियाली अधिकारीहरूको भनाइ छ ।

यता ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।

यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहेको छ ।

ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले मध्यरेखा पार गरेको हो । ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण अंश मान्छ । तर, ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal