आज :

रुसकी चर्चित पत्रकार डुगिनाको कार विस्फोटमा परी मृत्यु, कसले गराएको थियो विस्फोट ?

  • अनलाइन डबली

काठमाडौँ । रुसकी चर्चित पत्रकार तथा टिप्पणीकार डार्‍या डुगिनाको विस्फोटमा परी मृत्यु भएको छ । राजधानी मस्को नजिकै गराइएको विस्फोटमा डुगिनाको मृत्यु भएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

डुगिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक निकटवर्ती सहयोगीकी एलेक्सेन्डर डुगिनकी छोरी हुन् । उनको कारमा विस्फोटन गराइएको थियो । उनको मृत्युबारे रुसी अधिकारीहरूले केही बताएका छैनन् । तर, सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा सहरको बाहिरी भागको सडकमा कारको जलिरहेको भग्नावशेष देख्न सकिन्छ ।

राष्ट्रपति पुटिनका सहयोगी एलेक्सेन्डर भने उक्त कारमा नभएको बताइएको छ । उनलाई निसाना बनाएर विस्फोट गराइएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । तर, डुगिनाका पिता उक्त कारमा नभएकोले सकुशल रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

विवरणहरूका अनुसार डुगिना र उनका पिता एउटै कारमा चढेर एउटा कार्यक्रमबाट फर्किने तय भएको थियो । तर अन्तिम समयमा उनका पिता छुट्टै यात्रा सवारीसाधन चढेको बीबीसीले जनाएको छ ।

एलेक्सेन्डर राष्ट्रवादी विचारक र रणनीतिकार हुन् । उनी कुनै सरकारी पदमा छैनन् । यद्यपि राष्ट्रपति पुटिनलाई उनले ठूलो प्रभावित पार्ने गरेको बताइन्छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार डा¥या डुगिना घर फर्किँदै गर्दा उनको कार विस्फोट भएर आगो लागेको थियो ।

टेलिग्राममा राखिएका अपुष्ट फुटेजमा एलेक्सेन्डर डुगिनले आपत्कालीन सेवाका कर्मचारीहरू आउँदा स्तब्ध भएर जलिरहेको कार हेरिरहेको देख्न सकिन्छ । समाजिक संजाल तथा केही संचारमाध्यमहरुले प्रसारण गरेको फुटेजबारे पनि रुसी अधिकारीहरुले केही बताएका छैनन् ।

पत्रकार डुगिना युक्रेनमा रुसले गरेको अतिक्रमणलाई समर्थन गर्दै आएकी बताइएको छ । यसै वर्षको सुरुमा उनलाई यूकेका अधिकारीहरूले प्रतिबन्धको सूचीमा राखेका थिए ।

युक्रेनमाथिको रुसी प्रतिबन्धबारे मिथ्या सूचना फैलाएकोमा भन्दै बेलायतले ३० वर्षीय डुगिनामाथि प्रतिबन्ध लगाएको थियो । उनको बुबा एलेक्सेन्डर राष्ट्रवादी लेखक पनि हुन् । उनले विश्व राजनीतिक घटनाक्रमलाई गहिरोसँग निहालेर विचार प्रवाह गर्ने गर्छन् ।

पश्चिमा संचारमाध्यमहरुले एलेक्सेन्डरलाई युक्रेन आक्रमणको योजनाकार मध्ये एक भएको आरोप लगाएका छन् । सन् २०१४ मा मस्कोले क्राइमियामा कब्जा गर्दा पनि उनको भूमिकाका लागि सन् २०१५ मा उनलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।

विस्फोट कसले गराएको हो भन्नेबारे आधिकारिक रुपमा रुसी अधिकारीहरुले केही बताएका छैनन् । तर रुसका केही संचारमाध्यमहरुले युक्रेन, अमेरिका र बेलायतको हात भएको दाबी गरेका छन् । राष्ट्रिपति पुटिनलाई कमजोर पार्न एलेक्सेन्डरलाई मार्ने योजना बनाएको दाबी गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal