आज :

अखिल क्रान्तिकारीले जनशिक्षा सामाग्री केन्द्रका प्रमुख केसीलाई कालाेमोसो दल्यो, यस्ता छन् आरोपहरु

  • अनलाइन डबली

काठमाडौं । अखिल क्रान्तिकारीले जनक शिक्षा सामग्री केन्द्रका प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले आइतबार केन्द्रका कर्णाली प्रदेश प्रमुख केसीलाई कालोमोसो दलेको हो ।

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपुर्याएको भन्दै कालोमोसो दलेको क्रा‍न्तिकारीले जनाएको छ । संगठनका केन्द्रीय सदस्य समेत रहेका सुर्खेत जिल्ला इञ्चार्ज तुलाराम तिरुवाले एक विज्ञप्ति जारी गर्दै केसीलाई जनकारवाही गरिएको बताए ।

मनोमानी तरिकाले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौं कमिसन खाएको, हुम्ला, जुम्ला, डोल्पा लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र लाखौं रकम ढुवानीबाट कमिसन खाएको अखिल क्रान्तिकारीले आरोप लगाएका छन् । साथै उनले सरकारी कार्यालयलाई निजी पैत्रिक सम्पतिको रुपमा प्रयोग गर्ने र कार्यलयमा विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गरेको आरोप लगाए ।

अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले केसीको कार्यकक्षमै कालोमोसो दलेको सुर्खेत प्रहरीले जनाएको छ । कालोमोसो दल्नेहरुको खोजीकार्य भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal