आज :

नवाज शरीफ पाकिस्तान फर्किए भने उनको भाइको सरकारले पक्राउ गर्ला कि बचाउ ?

  • अनलाइन डबली

काठमाडौँ । पूर्वप्रधानमन्त्री नवाज शरीफलण्डनबाट फर्किने खबरले पाकिस्तानी राजनीति पुनः एक पटक तातिएको छ ।

सत्तारुढ पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा संघीय मन्त्री जावेद लतिफले भर्खरैको पत्रकार सम्मेलनमा उनका दलका नेता नवाज शरीफ अर्को महिना(सेप्टेम्बर) पाकिस्तान फर्कने घोषणा गरेपछि तरङ्ग आएको हो ।

पूर्व प्रधानमन्त्री शरिफ सन् २०१९ मा उपचारका लागि बेलायत गएका थिए । उनी अदालतले दिएको चार साताको अवधिमा पनि फर्केनन् । त्यसपछि उनीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी गरिएको थियो ।

अहिले नवाजको फर्किने वहससँगै उनी देश फर्किएपछि सिधै राजनीतिक गतिविधिमा भाग लिन सक्नेछन् की पहिले कानुनी लडाइँको सामना गर्नुपर्नेछ भन्ने वहस छेडिएको छ । साथै नवाजको भाइको सरकारले उनलाई पक्राउ गर्छ कि उनको प्रतिरक्षा गर्छ भन्ने बहस पनि सतहमा आएको छ ।

विगतमा नवाजका वकिल रहेका ख्वाजा नावेदले यस्तो अवस्थामा सामान्य अभियुक्तलाई विमानस्थलबाटै पक्राउ गर्ने चलन रहेको बताएका छन् । ख्वाजा नावेद परवेज मुशर्रफले गराएको विमान अपहरण मुद्दामा नवाज शरीफका तर्फबाट वकिल रहेका थिए ।

ख्वाजा नावेदका अनुसार ‘नवाज शरीफ हाल एक दोषी राजनीतिक नेता हुन् र उनलाई फरार घोषित गरिएको छ । यस्तो अवस्थामा उनी पाकिस्तान फर्किए भने गिरफ्तारीबाट बच्न अग्रिम जमानत लिनुपर्नेछ ।’
ख्वाजाका अनुसार नवाज शरीफले अग्रिम जमानत लिएनन् भने एयरपोर्टमा अवतरण गरेपछि एफआईएले उनको राहदानीमा छाप लगाएर पक्राउ गर्नेछ । ख्वाजाले हालै एक क्लाईन्ट हबिब जानलाई अग्रिम जमानत दिलाएर बेलायतबाट पाकिस्तान फर्काउन सघाएको उदारण दिए ।

लाहोर हाईकोर्ट बारका वकिल सबाहत रिजवीले पाकिस्तानी राजनीतिमा विगतमा यस्ता अवस्थामा नेताहरु फर्किने मात्रै नभई राजनीतिक गतिविधिमा सजिलै सहभागी भएको देखिएको बताए ।

उनका अनुसार कानून मान्ने हो भने नवाज शरीफले अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ र त्यसपछि लामो कानुनी लडाई लड्नुपर्नेछ । यस अवधिमा उनले बोलाएको समयमा पेशीमा आउनुपर्छ ।

ख्वाजा नावेदका अनुसार नवाज शरीफ अदालतको अनुमति लिएर पाकिस्तानबाट बाहिरिएका थिए । यसैले उनी फर्किपछि पहिले त अदालतसँग मागेको समयभन्दा बढि विदेश बस्नुको कारण दिनुपर्नेछ । स्वास्थ्य समस्याका कारण तोकिएको अवधिभित्र पाकिस्तान फर्कन नसक्नुको उचित जवाफ दिनुपर्छ ।

नवाज किन पाकिस्तान फर्कने योजनामा छन् ?
रावलपिंडी बारका वकिल फराह नाजका अनुसार नवाज शरीफलाई आजीवन अयोग्य ठहर गर्ने फैसला अझै लागु भएकाले उनले उन्मुक्ति पाउन नसक्ने बताए ।

फराह नाजका अनुसार नवाज शरीफले कानुनी अतिरिक्त राजनीतिक चुनौतीको सामना गरिरहेका छन् । विगतमा नवाज सरिफको जुन राजनीतिक क्षमता र प्रतिष्ठा थियो, अहिले त्यो इमरान खानले हासिल गरेको नाजले बताए ।

इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले पञ्जाबमा भएको उप–चुनावमा उल्लेखनीय सफलता हासिल गरेपछि देशको सबैभन्दा ठूलो प्रान्तमा शरिफको पार्टीलाई अपदस्थ गरिदियो ।

वकिल कौसर दाहा र शाइस्ता तबस्सुमका अनुसार अदालतबाट योग्यतामाथिको प्रश्न सुल्झिएपछि कुनै पनि राजनीतिक नेता राजनीतिमा फर्किन सक्ने बताए ।

उनका अनुसार यसको पछिल्लो उदाहरण नवाज शरिफकी छोरी मरियम नवाज हुन् जसलाई अदालतले जेल नै पठाएको थियो । तर अहिले उनी जमानतमा बाहिर रहेर पनि राजनीतिमा पूर्ण सक्रिय छिन् । सबाहत रिजवीका अनुसार पाकिस्तानको न्यायालयले राजनीतिक हावा जुन दिशामा चल्छ त्यही बाटो समाउने गरेको बताए ।

स्मरण रहोस्, नवाज शरीफ बाहिरिनुअघि वर्तमान प्रधानमन्त्री शहबाज शरीफले उनका दाइ र पूर्वप्रधानमन्त्री चार साताभित्र पाकिस्तान फर्किने शपथपत्र अदालतमा बुझाएका थिए । तर, तोकिएको समयमा नवाज सरिफ नफर्किएपछि तत्कालीन तहरीक–ए–इन्साफ सरकारले बेलायतसँग उनको सुपुर्दगीको माग गरेको थियो ।

कानुनी विज्ञहरूका अनुसार पाकिस्तानसँग बेलायतसँग त्यस्तो कुनै सम्झौता नभएको कारणले गर्दा इमरान खानको सरकार नवाज शरीफलाई फिर्ता ल्याउन सफल हुन सकेन ।

त्यस समय शहबाज शरीफबाहेक नवाज शरीफ आफैले पनि आफू उपचार गरेर फर्किने शपथपत्र अदालतमा बुझाएका थिए । त्यसमा नवाजले आफ्नो भाइले बुझाएको शपथपत्र पालना गर्न आफू बाध्य भएको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal