आज :

न्यूयोर्क टाइम्सले यस्तो समाचार लेखेकै दिन शिक्षामन्त्री पक्राउ, देशभर हलचल

  • अनलाइन डबली

एजेन्सी । अमेरिकाबाट प्रकाशित हुने विश्व चर्चित पत्रिका द न्यूयोर्क टाइम्समा दिल्लीको शिक्षा मोडलको बारे लेखिएको फिचर न्युजलाई भाजपाले ‘पेड न्युज’ भएको अराोप लगाएको छ । भाजपाको आरोपको द न्युयोर्क टाईम्स आफैले खण्डन गरेको छ ।

द न्युयोर्क टाइम्सले विवादमा तान्न खोजिएको फिचर न्युज पूर्णत रिपोर्टिङमा आधारित रहेको बताएको छ । न्यूयोर्क टाइम्सका प्रवक्ता निकोल टायलरले भारतीय समाचार एजेन्सी पीटीआईलाई इमेल गरेर पत्रिकामा छापिएको रिपोर्ट निष्पक्ष र ग्राउन्ड–रिपोर्टिङमा आधारित भएको बताएकी छन् ।

द न्युयोर्क टाईम्सले शिक्षालाई सधैँ प्राथमिकता दिएर छाप्ने गरेको र उसको पत्रकारिता सधैँ स्वतन्त्र हुने बताएको छ । न्युयोर्क टाइम्स र यूएईबाट छापिने खालिज टाइम्समा उही रिपोर्ट छापिएको विषयलाई उठाएर भाजपाले भने यी दुवै पेड न्युज भएको आरोप लगाएको छ ।

शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टलाई समाजिक संजालमा शेयर गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यसलाई उनको सरकारको उपलब्धिका रुपमा इंगित गरेका थिए । तर भाजपाले भने दिल्लीको आम आदमी सरकारले पैसा दिएर दुवै पत्रिकामा ती फिचर छपाएको आरोप लगाएको छ ।

भाजपाका आईटी विभागका इन्चार्ज अमित मालवीयले ट्विट गर्दै भनेका छन्, ‘द न्युयोर्क टाइम्स र खलिज टाइम्समा अस्तित्वमै नरहेको दिल्लीको शिक्षा मोडलबारे कसरी शब्द शब्द मिल्ने गरी कसरी छापे ? र दुवै एकै व्यक्तिले लेखेको छ । दुवैलै लगभग उस्तै देखिने चित्र पनि प्रयोग गरेका छन् । अरविन्द केजरीवालले यो पेड न्युजबाट आफ्नो बचाउ गरेका छन् ।’

भाजपाको आईटी सेलसँग सम्बद्ध पुनीत अग्रवालले पनि ट्विट गर्दै लेखेका छन् ‘ न्युयोर्क टाइम्स र खालिज टाइम्समा एउटै जस्तो लेख, एउटै जस्तो तस्विरसहित छापिएको छ । र यसलाई एउटै लेखेकले लेखेका छन् । यो समाचार होइन, अरविन्द केजरीवालले पैसा दिएर छाडेको विज्ञापन हो । जति गरे पनि मनीष सिसोदिया त्यहीँ पुग्नेछन्, जसका लागि उनी योग्य छन्, तिहाड जेल ।’

न्युयोर्क टाइम्सले भाजपा नेताहरको आरोपहरूको खण्डन गर्दै भनेको छ ,‘ द न्युयोर्क टाईम्सको अन्तर्राष्ट्रिय संस्करणको पहिलो पृष्ठमा छापिएको लेख समाचार कभरेज हो, विज्ञापन होइन ।’

पत्रिका प्रतिनिधिले इण्डिया टुडेसँगको कुराकानीमा आफूले गर्ने पत्रकारिता सधैँ स्वतन्त्र रहने र यो राजनीतिक वा विज्ञापनदाताको प्रभावबाट मुक्त हुने बताए । साथै ती प्रतिनिधिले अन्य प्रकाशन गृहले अनुमति लिएर नै नियमित रूपमा आफ्ना सामाग्री प्रकाशित गर्ने गरेको जानकारी दिएको छ ।

दिल्ली सरकारको नयाँ मदिरा नीतिलाई लिएर शुक्रबार नै सीबीआईले दिल्लीका उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाको घरमा छापा मारेको थियो ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले शिक्षामन्त्री सिसोदियाको प्रशंसामा न्यूयोर्क टाइम्समा छापिएपछि भाजपाले सीबीआईलाई उनको घरमा पठाइएको आरोप लगाएका छन् ।

केजरीवालले भाजपाले आफूहरुलाई काम गर्न रोक्न खोजेको आरोप लगाएका छन् । उता भाजपाले भने नयाँ मदिरा नीतिमा सिसोदियाबाट अनियमितता भएको भन्दै उनलाई पक्राउ गरेको बताएको छ । बीबीसी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal