आज :

रुसी सेनाको कारवाहीमा एकैदिन २० अमेरिकी सेनाको मृत्यु, रुसी युद्धपोतमा युक्रेनको हमला

  • अनलाइन डबली

काठमाडौँ । युक्रेन युद्धमा अमेरिकाले अस्त्र मात्रै नभएर सेना पनि पठाइरहेको पुष्टि भएको छ । युक्रेनको आह्वानमा भाडाका मान्छेहरुले रुसविरुद्ध लडिरहेको त सार्वजनिक भइसकेको थियो । तर, अमेरिकी सेना नै युद्धमा मारिएका छन् । रुसी रक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरेरै अमेरिकाले सेना पठाइरहेको कुरा सार्वजनिक गरेको हो । रुसी सेनाले उत्तरी युक्रेनको खारकोवको एउटा गाउँमा गरेको कारवाहीको क्रममा २० जना अमेरिकी सेनाको मृत्यु भएको रुसले बताएको छ ।

पहिलो पटक एकै दिन २० अमेरिकीसहित १ सय जना विदेशी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । त्यस्तै, उक्त कारवाहीमा ६ वटा ड्रोन, सात वटा कमाण्ड पोष्टहरु पनि ध्वस्त पारिएको रुसको दावी छ ।

रुस बिरुद्ध लड्न युरोप र अमेरीकाका हजारौँ सेना लडाकु युक्रेनमा परिचालित छन् । उनीहरुमध्ये धेरै पूर्व सैनिक भएको बताइएको छ भने केही बाहलवाला सेना पनि रहेका छन् ।

यसैबीच, युक्रेनले रुसको ब्लाक सि फ्लिटमा ड्रोन मार्फत हमला गरेको छ । क्रिमियाको तटमा रहेको युद्धपोतमा भएको हमलामा चालक दलका ५ जना घाईते भएको र जहाजमा सामान्य क्षति पुगेको क्रिमियाको सेभेष्टोपोलका गभर्नरले बताएका छन् ।

केही दिन पहिले पनि अमेरिकाले दिएको ड्रोनमार्फत क्रिमियाको एयरपोर्ट र रुसी सेनाको बेश आसपासमा युक्रेनले हमला गरेको थियो । उक्त हमला अमेरिकाले गरेको दाबी गरिएको छ । त्यो स्तरको हमला गर्न सक्ने युक्रेनसँग प्रविधि र जनशक्ति नभएकोले अमेरिकाले सुपरसोनिक सिस्टमबाट हमला गरेको हुन सक्ने बताइएको छ ।

युक्रेनमा सैन्य अप्रेसनमा सहभागी रुसी सेनाहरु विरामी पर्न थालेका छन् । क्रित्रिम रुपमा केमिकल विषाक्त फैलिदा सेनाहरु बिरामी परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । अस्पतालमा बिरामी सेनाहरु भर्ना भएका छन् । यो युक्रेनको तर्फबाट केमिकल फैलाईएको हो या के कारण हो अनुसन्धान भईरहेको रुसले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal