आज :

नेटो र ईयूको प्रतिबन्ध फेल ! इन्धन व्यपारबाट रुसलाई ३८ प्रतिशत बढी नाफा

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनमा सैन्य कारवाही गरेको विषयलाई लिएर पश्चिमा देशहरुले रुसमाथि आर्थिक नाकाबन्दी लगाएपनि रुसले नाफा बढिरहेको छ । रुसी अधिकारीहरुका अनुसार इन्धन व्यपारबाट रुसले ३८ प्रतिशत बढी नाफा कमाउने बताएका छन् । त्यसो त युक्रेनमा सैन्य कारवाही गरेको एक सय दिन पुग्दा रुसले इन्धनबाट ९९ अर्ब डरल नाफा कमाएको थियो । अहिले पनि रुसी इन्धन निर्यातमा कुनै कमी नआएको बताइएको छ । विश्वयुद्धको चर्चासँगै केही देशहरुले भण्डारको लागि पहिले भन्दा निकै बढी तेल र ग्यास, कोइला रुसबाट आयत गरिरहेका छन् ।

नेटोले सदस्य देशहरुलाई रुसबाट ग्यास तथा तेल ल्याउन नपाउने गरी निर्णय गर्यो । ईयूले पनि रुसी ग्यास तथा तेलका कटौती गरे । केही देशहरुले नल्याउने निर्णय गरेका थिए भने युरोपका केही देशहरुले आफ्नो बाध्यता भन्दै ग्यास आयत जारी राख्ने बताएका थिए । त्यस्ता देशहरुले अहिले पनि रुसी ग्यास आयत गरिरहेका छन् ।

नेटो र ईयूले औपचारिक रुपमा रुसी ग्यासको नल्याउने निर्णय गरेपनि अनौपचारिक माध्यबाट अहिले पनि आयत गरिरहेको अन्तर्राष्ट्रिय संचारमध्यमहरुले बताएका छन् । भारत र चीनले रुसी तेल आयत बढाए । भारतले अमेरिकाको आग्रहलाई बेवास्ता गर्दै रुसबाट कच्चा तेल आयतलाई बढाइरहेको छ । यसअघि भारतले कुल आयतको पाँच प्रतिशत मात्रै रुसबाट तेल आयत गर्दै आएको थियो ।

ईयूले पूर्व तयार विना नै रुसबाट तेल र ग्यास आयत नगर्ने निर्णयले यसैलाई नै घाटा भइरहेको छ । बेलायतमा रुसले इन्धनसँगै अन्न सप्लाईमा कडाई गरेपछि बोरिस जोनसनको सरकार ढल्यो । हालै जर्मनीको सरकार पनि ढलेको छ । बाल्टिक सागर हुँदै पाइपलाइनबाट आयत गरिएको ग्यासको विकल्पमा अमेरिकाबाट घातक ग्यास ल्याउने निर्णयसँगै जर्मन सरकार ढलेको हो ।

जर्मनीले रुसबाट ग्यासको नल्याएर अमेरिकाबाट ग्यास ल्याउने भनेपछि मानिसहरु सडकमा निस्किएका हुन् । रुसमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गर्दै जर्मनीमा हजारौं नागरिक सडकमा निस्किएका छन् । उनीहरुले हाइड्रोलिक फ्र्याक्चरिङको विशेष प्रदुषक विधि प्रयोग गरेर निकालिएको अमेरिकी शेल ग्यास ल्याएर रूसी ग्यासको प्रतिस्थापन गर्ने सरकारको कदमविरुद्ध विरोध जनाइरहेका छन् । जर्मन सरकारले प्राकृतिक ग्यास (एलएनजी) अमेरिकाबाट जहाजमार्फत् ढुवानी हेको छ । सायद चाँडै अल्जेरिया, क्यानाडा र कतारबाट ल्याउने छ ।

एन्डे गेलेन्डे नामको यो आन्दोलनकारीले जर्मनीको ह्यामवर्ग शहरमा शनिवार हजारौंले प्रदर्शनीहरुले अमेरिकाबाट आयातित ग्यास वातावरण र स्वास्थ्य, आफ्नो अर्थतन्त्र र युरोपको दिर्घकालिन भविष्यका लागि झनै घातक भएको आन्दोलनकारीहरुले बताएका छन् । उनीरुले रुसमाथिको आर्थिक नाकाबन्दीले जर्मनीमात्रै नभएर युरोपमै संकट उत्पन्न चेतावनी समेत दिएका छन् ।

अमेरिकाबाट चार एलएनजी टर्मिनल चार्टर्ड गर्ने सरकारी निर्णयको निन्दा गर्दै रद्ध गर्नुपर्ने माग आन्दोलनकारीले गरेका छन् । शुक्रबारबाट सुरु भएको आन्दोलन शनिवार हेम्वर्गमा विरोध प्रदर्शन गरिएको थियो । आन्दोलनकारीले सोमबारसम्म विरोध प्रदर्शन जारी राख्ने भएका छन् ।

जर्मनीका विभिन्न ४० संस्थाले आह्वानको करिब दश हजार मानिसहरु सडकमा निस्किएका छन् । उनीहरुले आफ्नो देशसँगै अरु देशका राज्य प्रमुखलाई रुसमाथिको प्रतिबन्ध नहटाएसम्म विरोध जारी राख्ने बताएका छन् । उनीहरुले आफ्नो देशको चान्सलरले आफ्नो नागरिकको जीवनबारे गम्भीर नभएको आरोप समेत लगाएका छन् ।

एकातिर युरोपमा राजनीतिक सँगै आर्थिक संकट देखा पर्नु र रुसले लगातार नाफा कमाइरहनुले नेटो र ईयूले रुसमाथि लगाएको नाकाबन्दी वा प्रतिबन्ध पूरै फेल भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal