आज :

चीनको हवाई क्षेत्रमा ताइवानको विमान प्रवेश, युद्धको लागि ४ लाख चिनियाँ सेना तयारी अवस्थामा

  • अनलाइन डबली

काठमाडौँ । चीनले आफ्नो हवाई क्षेत्रमा विदेशी लडाकु जहाजले प्रवेश गरेको जनाएको छ । चिनियाँ जनमुत्तिबm सेनाले जहाज उक्त क्षेत्रबाट बाहिर नगए खसाली दिने चेतावनी दिएको चिनियाँ संचारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्सले एक भिडियो समेत सार्वजनिक गर्दै उक्त जहाजलाई पिएलएले लखेटेको बताएको छ । रातिको समयमा जहाज प्रवेश गर्दा पनि पिएलएले रडार सिस्टमले सूचना दिएको बताइएको छ । उक्त जहाज ताइवानको भएको बताइएको छ ।

यसैबची चीनले एलो सीमको साथै साउथ चाइना सीमा पनि सैन्य अभ्यास सुरु गरेको ग्लोबल टाइम्सले बताएको छ । अमेरिका–ताइवानले चुनौती दिएको भन्दै चीनले आफ्ना सैन्य गतिविधिलाई नरोक्ने बताएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चार लाख जनमुक्ति सेना ताइवानको युद्ध छेड्न तयारी अवस्थामा बसेका छन् । उसले विभिन्न क्षेत्रबाट अभ्यास गरिरहेका छन् । चीनले हवाई, जल र स्थल तीनै क्षेत्रबाट हमलाको तयारी गरेको बताइएको छ ।

त्यसैगरी चीनले साइबर युद्धको पनि तयारी गरेको बताइएको छ । चीनले एकै पटक ताइवानका सम्पूर्ण सूचना कब्जा गर्न सक्ने बताइएको छ । तर, अहिलेसम्म चीनले साइबर युद्धबारे अभ्यास गरेको वा तयारी गरेको औपचारिक रुपमा कुनै जानकारी दिइएको छैन ।

साउथ चाइना सीमा चीनले युद्ध अभ्याससँगै ताइवानमा युद्धको संकट बढेको बताइएको छ । अबको दुई दिनसम्म साउथ चाइना सीमामा कुनै पनि जहाजले प्रवेश गर्न पाउने छैनन् । चीनले ८ सय लडाकु विमान तयारी अवस्थामा राखेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सानो सैन्य शक्ति भएको ताइवानले चीनसँग लड्न खोज्ने चट्टानमा टाउको ठोक्नु जस्तै भएको विज्ञहरुको भनाई छ । तर, पनि ताइवान

अमेरिकाको सहयोग पाउने आशामा चीनसँग युद्ध लड्न तयार रहेको बताउँदै आएको छ । विशाल सैन्य शक्ति र अस्त्रले लैस चीनसँग युद्धको तयारी गर्नु भनेको आफ्नो अस्तित्वमाथि आफै प्रश्न खडा गर्नु सरह भएको बताइन्छ ।

अमेरिकाले सभामुख न्यान्सी पेलोसीलाई ताइवान पठाएर विवादमा घ्यू थपेको चीनले बताएको छ । पेलोसीको भ्रमणपछि उत्पन्न तनाव शान्त हुन नपाउँदै अमेरिकी सांसदहरुको एक टोली ताइवन पुगेर फर्किएको छ । आफ्नो चेतावनीको बेवास्ता गर्दै अमेरिकाले ताइवानमा विवादित भ्रमण गर्न थालेपछि चीन युद्धको तयारीमा जुटेको बताइएको छ ।

चीनले पेलोसीलाई परिवारसहित प्रतिबन्ध लगाएको छ भने अमेरिकासँगको केही सम्बन्धनलाई कटौती गरेको छ । युक्रेन घटनापछि महंगीको चपेटामा परेको अमेरिकाले चीनबाट आयत सहज गर्ने तयारी गरेको थियो । जो बाइडन प्रशासनले चीनसँगको आयतलाई खुकुलो बनाउने बारे बार्ता समेत गरेको थियो । तर, पेलोसीको भ्रमणले त्यो सबै चीनले रद्ध गरेको जनाएको छ ।

चीनले रुससँगको तीन दिने युद्ध अभ्यास सकेको छ । त्यस्तै थाइल्याण्डसँग पनि संयुक्त युद्ध अभ्यास गरेको चीनले फेरि रुससँगको युद्ध अभ्यासको तयारी भइरहेको जनाएको छ । यो महिनाको अन्तिमबाट सुरु हुने उक्त सैन्य अभ्यासबारे चीनको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर पुष्टि गरेको छ । भारतलगायत अन्य देशको सहभागी हुने युद्ध अभ्यास प्रत्यक्ष अस्त्रबाट गरिने बताइएको छ ।

चीनको वारसिप पनि ताइवान जल सीमा नजिक पुगेको बताइएको छ । चीनको एक जासुसी जहाज श्रीलंका पुगेको छ । उक्त जहाजबारे चाँसो राखेको थियो तर चीनले कसैले रोक्न नसक्ने बताएको थियो । श्रीलंकाले पनि उक्त जहाजलाई आफ्नो लज क्षेत्रमा प्रवेश अनुमति दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal