आज :

चीन र भारतका सेना हतियारसहित रुस जाँदै, अमेरिकालाई तनाव

  • अनलाइन डबली

काठमाडौँ । रुस र चीनले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने भएका छन् । चीनले रुससँग चीनले संयुक्त सैन्य अभ्यासको लागि आफ्नो सेनाको एक टुकुडी चीन पठाउने जनाएको छ । त्यस्तै, सैन्य अभ्यासमा भारतमा पनि सहभागी हुने बताइएको छ । चीन र भारतबीच सीमा विवादका कारण तनाव जारी रहेकै बेला यो अभ्यासले सम्बन्ध सुधार गर्ने बताइएको छ ।

‘भोस्टोक ड्रिल’ नाम गरिएको सो अभ्यास अगष्ट महिनाको अन्तिम दिनदेखि सञ्चालन हुने चिनियाँ रक्षा मन्त्रालयले जानकारी दिएको छ । गत महिना मस्कोले भोस्टोक (पूर्व) सैनिक अभ्यास अगष्ट ३० देखि सेप्टेम्बर ५ तारिखसम्म हुने र नाम उल्लेख नगरी केही विदेशी शक्तिहरुले भाग लिने घोषणा गरेको थियो ।

संयुक्त सैन्य अभ्यास चीनको सिमानासँग जोडिएको रुसको साइबेरियाको खाबारोभ्स्क क्षेत्रमा हुने रुसले बताएको छ । यसले चीन र रुसका सेनाले आफ्नो सैन्य कुशलता देखाउनुको साथै ज्ञान र सीप साटासाट गर्ने बताइएको छ । यसले दुबै देशबीच नजिकको रक्षा संयन्त्र स्थापित आपेक्षा गरिएको छ ।

रुसले युक्रेनमा फेबु्रअरी २४ मा सैन्य कारवाही सुरु गरेपछि पश्चिमी शक्तिहरुको आर्थिक नाकाबन्दी र निन्दाबीच चीनले रुससँग माथिल्लो तहको दुईपक्षीय परराष्ट्र सम्बन्ध चाहेको बताएको थियो ।

यो सैन्य अभ्यास गरेर दुबै देशले सैनिकहरुबीच व्यावहारिक र मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने र विविध खालका सुरक्षा चुनौतीको सामना गर्नसक्न क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको चिनियाँ रक्षा मन्त्रालयको विज्ञप्ति जारी गरेर जनाएको छ । संयुक्त सैन्य अभ्यासमा रुससहित चीन, भारत, बेलारुस, मङ्गोलिया, ताजिकिस्तान र अन्य देशहरुले भाग लिने अलजजिराले बताएको छ । यसबारे चीनबाहेक भारतललगायतका देशहरुले भने केही बताएका छैनन् ।

ताइवानलाई अमेरिकाले उचार जारी तनावबीच केही हप्ता पहिलेमात्रै रुस र चीनले संयुक्त सैन्य अभ्यास गरेका थिए । चीनको उत्तरी क्षेत्रमा दश हजारभन्दा बढी सेनाले भाग लिएको चिनियाँ संचारमाध्यमहरुले बताएका थिए । गत अक्टोबरमा यी दुवै मुलुकले संयुक्त जल सैन्य अभ्यास ‘सी अफ जापान’मा गरेको थियो । केही दिनपछि दुवै मुलुकका युद्धपोतहरुले पश्चिमी प्रशान्त महासागरमा संयुक्त अनुगमन गरेको थियो ।

सोही महिना, दक्षिण कोरियाले दुई वटा चिनियाँ र सातवटा रुसी युद्धक विमानहरु दक्षिण कोरियाली हवाई सैन्य क्षेत्रमा पुगेको आरोप लगाएको थियो । चीनले सो कार्यहरु आफ्नो नियमित प्रशिक्षण भएको बताएको थियो ।

यो स्तरको सैन्य अभ्यास एकै वर्षमा दोस्रो पटक हो । यसअघि यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन टोक्यो भ्रमणमा जाने बेला गरिएको थियो । यो सैन्य अभ्यासले अमेरिकालाई तनाव पैदा गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal