आज :

चीनमा बाढीको बितण्डा- १६ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • अनलाइन डबली

बेइजिङ । चीनको उत्तर पश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् ।

छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीबाट ६ वटा गाउँका ६ हजार २ सयभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ ।

‘बिहीबारसम्म १६ जनाको मृत्यु भएको छ भने ३६ जना हराइरहेका छन्’, उक्त सञ्चार माध्यमले भन्यो । सामान्यतया चीनमा चरम गर्मी मौसमको समयमा आउँछ । अधिकांश सहरको तापक्रम तीव्र बढेको छ ।

सरकारी सञ्चार माध्यमले प्रकाशित गरेको एउटा भिडियोमा माटोले ढाकिएका सडक, ढलेका रूख, क्षतिग्रस्त घरहरू र बाढीमा हराइरहेका व्यक्तिको खोजीमा खटिएका उद्धारकर्मीलाई देख्न सकिन्छ ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढ्दै गएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal