आज :

सलमानमाथि मञ्चमै छुरा हान्ने २४ बर्षिय युवाले दिए यस्तो अनौठो बयान, प्रहरी समेत तिनछक

  • अनलाइन डबली

काठमाडौं । न्यूयोर्कमा बहुचर्चित लेखक सलमान रुस्दीमाथि ज्यान लिने गरि आक्रमण गरेको आरोप लागेका व्यक्तिले रुस्दी बाँचेको देखेर छक्क परेको प्रतिक्रिया दिएका छन् ।

२४ वर्षीय हादी मतरले गत साउन ११ गते बिहान चौटौका इन्स्टिच्युटमा रहेका रुस्दीमाथि १०-१५ पटक छुरा प्रहार गरेका थिए ।

न्यूयोर्क पोस्टलाई दिएको एक अन्तर्वार्तामा अभियुक्त मटरले भनेका छन्, ‘उनी (रुस्दी) बाँचेको सुनेर म छक्क परें । उनी बाँच्छन् भन्ने मलाई लागेको थिएन ।’

उनले अगाडि भनेका छन्, ‘म इरानका धार्मिक नेता आयतोल्लाहलाई सम्मान गर्छु । मलाई लाग्छ- उनी एक महान व्यक्ति हुन् । मैले रुस्दीको उपन्यासका केही पाना पढेको थिएँ । म उसको बारेमा यति मात्र भन्न चाहन्छु कि मलाई उनी (रुस्दी) मन पर्दैन । मलाई ऊ राम्रो मान्छे हो भन्ने लाग्दैन ।’

अन्तर्वार्ताको क्रममा उनले अगाडि भनेका छन्, ‘उसले (रुस्दी)ले इस्लामलाई आक्रमण गर्‍यो । उनले इस्लाम धर्मावलम्बीहरुको आस्था र विश्वासमाथि आक्रमण गरे ।’

प्रहरी नियन्त्रणमा रहेका मतार शिया चरमपन्थी र इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स सहानुभूति राख्छन् भन्ने आशयसहित अनुसन्धान अगाडि बढिरहेको छ । तर, उनले आफ्नो इरानी रिभोल्युसनरी गार्डसँग कुनै सम्पर्क नभएको जिकिर गरेका छन् ।

उनले कसैको निर्देशनमा उक्त हमला नगरेको बताएका छन् । रुस्दी चौथौका इन्स्टिच्युटमा हुने कार्यक्रममा सहभागी हुने कुरा आफूले ट्विटरबाट थाहा पाएको मटरले बताए ।

रुस्दीको पुस्तक ‘स सटानिक भर्सेस’ प्रशासनको एक वर्षपछि सन् १९८९ मा इरानका सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खामेनीले सलमान रुस्दीको हत्याको आह्वान गर्दै फतवा जारी गरेका थिए ।

आक्रमण लगत्तै हेलिकप्टरबाट अस्पताल पुर्‍याइएका रुस्दीको शल्यक्रिया भएको थियो । नाजुक अवस्थामा उपचार सुरु गरिएका उनलाई लामो समय भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal