आज :

माओवादीको स्थायी कमिटी बैठक स्थगित

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे सम्मको लागि स्थगित भएको छ । बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै ४ बजेसम्मको लागि सारिएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै बिहान बस्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समय अभाव र स्थायी कमिटीका बाँकी सदस्य चयनमा थप गृहकार्य गर्नुपर्ने भएकोले बैठक दिउँसोको लागि सारिएको कार्यालय स्रोतले जानकारी दियो ।

यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय नेताहरू व्यक्तिवादी र आत्मकेन्द्रित बन्न थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेताहरूको भनाइ र गराइमा ठूलो अन्तर आएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अलिकति बिग्रेका छौँ । हामी हिजो जस्तो छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ, स्वार्थी भएका छौँ ।’ क्रान्ति, समाज र राष्ट्रका निम्ति त्याग गर्नेतिर भन्दा पनि नेताहरू आफ्नै निम्ति कसरी गर्ने भनेर उद्धत हुन थालेको उनको भनाइ थियो ।’

‘हामी सामूहिक भावना र टिम स्प्रीटबाट जानेभन्दा पनि स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेका छौँ,’ उनले थपे, ‘यसले पार्टीको वर्ग चरित्र र क्रान्तिकारी स्प्रीटमा नराम्रो स्खलन आएको छ । हामीले भर्खरै महाधिवेशन सम्पन्न गरेर फेरि क्रान्तिकारी पार्टी नै बनाउने संश्लेषण त गरेका छौँ तर हामी विचारमा, किताबमा, दस्तावेजमा र मुखमा क्रान्तिकारी नै भए पनि हाम्रो व्यवहार हाम्रो आचरण दैनिकी त्योसँग मिल्दैन । हाम्रो भनाइ र गराइमा ठूलो अन्तर आइसकेको महसुस हुन्छ ।’

अध्यक्ष प्रचण्डले यो समस्यालाई हल गर्न सकिएन भने आफूहरू ‘क्रान्तिकारी हौँ’ भन्ने औचित्य समाप्त हुने बताए । उनले अब आफैतिर फर्केर चिन्तन गर्नुपर्ने आवश्यकता औँल्याए । यसका बाबजुद पनि नेकपा माओवादी केन्द्र नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी भएको उनले दाबी गरे । ‘फेरि पनि देशमा भएका पार्टीहरू मध्ये हाम्रो पार्टीमात्र हो विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकतामा राखेर सामाजिक र सांस्कृतिक रूपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर समाजवादको यात्रा गर्नुपर्छ इमानदारिता साथ भन्ने । विचलन हुँदा हुँदै पनि यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी हो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal