आज :

राजधानीमा शक्तिशाली विस्फोट, यस्तो छ मानवीय क्षतिको विवरण, प्रत्यक्षदर्शीको बयानसहित

  • अनलाइन डबली

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परी थुप्रै मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

बुधबार साँझको प्रार्थनाका क्रममा विस्फोट भएको हो । एक गैरसरकारी संस्थाका अनुसार विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

बीबीसीको पश्तो सेवाका अनुसार केही अपुष्ट रिपोर्टहरूले उक्त विस्फोटमा २० जनाको मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको दाबी गरेको छ ।

यद्यपी यो संख्याको आधिकारिक पुष्टि भने भइसकेको छैन । काबुलमा, तालिबान प्रहरी प्रवक्ता खालिद जाद्रानलाई उद्धृत गर्दै स्थानीय मिडियाले विस्फोट सहरको उत्तर(पश्चिममा भएको जानकारी दिएको थियो ।

विष्फोटमा सिद्दीकी मस्जिदका इमामको पनि मृत्यु भएको केही रिपोर्टमा बताइएको छ । यद्यपी विष्फोटको पछाडि कसको हात रहेको भन्ने अहिलेसम्म खुलेको छैन ।

एक साताअघि काबुलमा तालिवान समर्थक मौलानाको आत्मघाती हमलामा मृत्यु भएको थियो । इस्लामिक स्टेटले यस हमलाको जिम्मेवारी लिएको छ ।

काबुलमा कार्यरत इटालियन एनजीओ ‘इमर्जेन्सी’ ले अहिलेसम्म तीन जनाको ज्यान गएको जनाएको छ । एनजीओले एक ट्वीटमा जानकारी गराए अनुसार विस्फोटमा पाँच बालबालिका सहित २७ जना घाइते भएका छन् ।

यस्तै एक तालिबान गुप्तचर अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार विस्फोटमा अहिलेसम्म कम्तिमा ३५ जना घाइते भएका छन् वा मारिएका छन् ।

यो संख्या बढ्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि नजिकैका भवनका झ्यालका सिसासमेत फुटेका थिए ।

एक अधिकारीले नाम नछाप्ने सर्तमा काबुलको खैर खाना क्षेत्रमा रहेको मस्जिदमा विस्फोट भएको बताए । विष्फोट भएको स्थानमा गुप्तचर टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal