आज :

पछिल्लो २४ घण्टामा ९ हजार ६२ जनामा कोरोना सङ्क्रण, ३६ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । भारतमा एकै दिनमा ९ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन् । भारतमा एक दिन अगाडि आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५८ जना रहेका छन् । गत २४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ ।

यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँ पाँच लाख २७ हजार एक सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् ।

यसैसँगै कूल चार करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ५७ लाख १५ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal