आज :

युक्रेनमा सेना पठाएपछि उत्तर कोरियाद्वारा दुईवटा क्रुज मिसाइल प्रहार

  • अनलाइन डबली

काठमाडौँ । जनवादी गणतन्त्र कोरियाले क्रुस मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार बुधबार विहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट मिसाइल प्रहार गरेको हो । दुबै मिसाइल पश्चिम सागरमा प्रहार गरिएको समाचार एजेन्सी एएफपीलाई जनाएको छ ।

मिसाइल प्रहारबारे विस्तृत नबताएका अमेरिका र दक्षिण कोरियाले विवरणहरूको विश्लेषण गरिरहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक प्योङयाङले जुलाई १० मा हतियार परीक्षण गरेको थियो । त्यतिबेला उसले धेरै रकेट लन्चरहरू फायर गरेका थिए ।

उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धित हतियार परीक्षण गरेको थियो । प्योङयाङले आफ्नो सातौं आणविक परीक्षणबारे योजना गरिरहेको बताइएको छ ।

यस हप्ताको सुरुमा, दक्षिण कोरियाली र अमेरिकी सैन्य सेनाहरूले उनीहरूको वार्षिक संयुक्त सैन्य अभ्यासअघि नै प्रारम्भिक अभ्यास सुरु गरेका थिए ।

रुसको आग्रहमा उत्तर कोरियाले पुनर्निर्माणको लागि युक्रेन सेना पठाएपछि यो पहिलो मिसाइल प्रहार हो । युक्रेनमा उत्तरका सेना जानुलाई विश्वयुद्धको तयारीको रुपमा चर्चा भइरहेको बेला क्रुज मिसाइल प्रहार गरिएको छ ।

अमेरिकी राष्ट्रपति जाे बाइडनले एसिया भ्रमणकाे क्रममा जापान पुगेर उत्तर काेरिया विराेधी अभिव्यक्ति दिएका थिए । त्यसकाे उचित जवाफ दिने उत्तर काेरियाली अधिकारीहरूले बताउँदै आएका थिए ।

आफ्नाे वार्षिकी मनाउँने क्रममा सर्वाेच्च नेता किम जाेङ उनले काेरिया द्वीपमा युद्दकाे अवस्था सिर्जना भएकाे बताउँदै त्यसकाे लागि तयार रहेकाे बताएका थिए । अमेरिकाले जापानलाइ सैनिकीकरणमा लैजाने प्रयास गरेपछि उत्तर काेरिया थप आक्रमक भएकाे बताइएकाे छ । उसले जापानलाइ सैनिकीकरण गरेर आफूविरूद्द लड्न लगाउन उत्तरकाे ठहर छ ।

केही दिन पहिले मात्रै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले किमलाइ पत्र लेखेर सहकार्यकाे लागि आग्रह गरेका थिए । पुटिनकाे आग्रहलाइ किमले स्वीकार गरेकाे बताइएकाे छ । त्यसलगत्तै शक्तिशाली क्रुज मिसाइल प्रहार गरिनुलाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal