आज :

पुटिन र एर्दोआनाबीच गोप्य सहमति, टर्कीले नेटोको सदस्यता तोड्न सक्ने

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेतेप तथ्यय एर्दोआनाबीच नयाँ सहमति भएको छ । इरानपछि रुसमै भएको चार घण्टा लामो वार्ताको क्रममा पुटिन एर्दोआनाले युक्रेन घटनालगायतका विषयमा गम्भीर छलफलपछि एक मत भएको बताइएको छ । नेटो सदस्य देश टर्कीले रुससँग नजिक भएपछि पश्चिमा देशहरमा ठूलो हलचल ल्याएको छ ।

टर्कीले युक्रेन युद्धमा आफूलाई बीचमा राखेको छ । ब्ल्याक सीबाट अन्न निर्यातबारेको रुस–युक्रेनबचि मध्यस्थता गरेको थियो । टर्कीले युक्रेन युद्धमा ड्रोन सहयोग गरेपनि रुससँग समर्थन गरेको छैन । सुरुदेखि रुससँग छलफलमै बसिरहेको छ ।

जुलाईमा सिरियामा पुटिन र एर्दोआनाबीच वार्ता भएको थियो । त्यो भन्दा पछि अगस्टमा रुसको सोची शहरमा भएको भेटवार्ता भएको थियो । दुई नेताबीच गोप्य कोठामा ४ घण्टासम्म वार्ता भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।। विश्वास पात्र र दुबै देशका कुटनीतिज्ञबीच पनि छलफल भइरहेको छ । टर्कीले नेटोले लगाएको प्रतिबन्धको विपरित रुससँग इन्धन आयत गरिरहेको छ ।

सिरिया, लिबियामा पनि रुस र टर्की फरक फरक धारमा उभिएका छन् तर युक्रेन घटनामा भने एक ठाउँमा उभिने सम्भावना बढ्दै गएको छ । सिरियामा रुसले राष्ट्रपति बसर अल असदलाई सहयोग गरेको छ भने टर्कीले अमेरिकाको संरक्षण पाएको समूहलाई साथ दिइरहेका छन् ।
नेटोले सम्पूर्ण तागत लगाएर रुसलाई घेराबन्दी गरिरहेको बेला टर्कीले भने रुससँगको वार्तालाई निरन्तरता दिएको छ । यसलाई टर्की नेटोबाट अलत हुन सक्ने अर्थमा लिइएको छ ।

राष्ट्रपति एर्दोआना रुससँग सहकार्य गरेर आफ्नो कमजोर हुँदै गइरहेको अर्थतन्त्रलाई बलियो बनाउन चाहन्छन् । दुई दशकदेखि सत्तामा रहेका राष्ट्रपति सन् २०२३ मा चुनाव हुँदैछ । त्यति बेलासम्म धरासायी बन्दै गएको अर्थव्यवस्थालाई बलियो बनाउन चाहन्छन् । यसैबीच रुसी कम्पनीहरुलाई टर्कीमा व्यपार गर्न अनुमित दिने सहमति भएको बताइएको छ ।

टर्की ईयूको मित्र देश भएपनि आधिकारिक सदस्य बनेको छैन । स्वीडेन र फिनल्यान्ड नेटोको सदस्य बन्नको लागि टर्कीको महत्वपूर्ण भूमिका छ । टर्कीले साथ नदिए स्वीडेन र फिनल्यान्ड नेटो सदस्य बन्न गारो हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal