आज :

भारतमाथि फिफाले लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।

तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको हो ।

संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाब नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

उता लुइस डियाजको गोलमा लिभरपुल गएराति इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् ।

खेलको ३२ औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए । यसपछि लिभरपुल ५७ औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे ।

खेलको ६१ औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए । लगातार दोस्रो बराबरीसँगै लिभरपुल दुई खेलबाट दुई अंक बोक्दै १२ औँ स्थानमा छ ।

यसअघि लिभरपुल पहिलो खेलमा फुलहमसँग २-२ को बराबरीमा रोकिएको थियो । यस्तै, प्यालेस पहिलो अंक जोड्दै १६ औं स्थानमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal