आज :

चीनले २४ घण्टाभित्र ताइवानविरुद्ध युद्ध घोषणा गर्छ ?

  • अनलाइन डबली

काठमाडौँ । चीनले फेरि ताइवानलाई घेराबन्दी गर्न सुरु गरेको छ । सभामुखपछि अमेरिकी सांसदहरुको एक टोली ताइवान पुगेसँगै चीन पुनः हवाई, जल र स्थलबाट सैन्य हमलाको तयारी गरेको बताइएको छ । अमेरिकाले चीनको चुनौतीलाई दिँदै ताइवान भ्रमण गर्न थालेको छ ।

सभामखु न्यान्सी पेलोसीको भ्रमणको विरोधमा चीन एक हप्तासम्म बास्तविक अस्त्रसहित युद्ध अभ्यास गरेको थियो । उसले फेरि सैन्य अभ्यास सुरु गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरका अनुसार अमेरिकी सांसदहरुको टोली विना पूर्व सूचना ताइवान पुगेलगत्तै चिनियाँ जनमुक्ति सेनाका ११ वटा लडाकु विमान ताइवानको आकाशमा उडेका छन् । ताइवान वरपर फेरि मिसाइल प्रहार भइरहेका छन् ।

अमेरिकी सांसहरुको टोली ४८ घण्टाको लागि ताइवान आएको बताइएको छ । अबको २४ घण्टा पनि उक्त टोलीले ताइवानमै रहनेछ र आर्थ व्यापार जस्ता मुद्धामा छलफल हुन बताइएको छ ।

पेलोसीको विवादित भ्रमणको दुई हप्ता नबित्दै म्यासाचुसेट्सका सिनेटर मार्कीको नेतृत्वमा अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल दुई दिने भ्रमणको लागि आइतवार राति ताइवान पुगेको छ । टोलीले राष्ट्रपति साइ इङ्ग–वेनसहित उच्च ताइवानी नेतालाई भेट्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिनिधिमण्डलले ताइवानका वरिष्ठ नेतासँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति शृङ्खला, जलवायु परिवर्तन र पारस्परिक हितका अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ ।

चीनले कुनै पनि विदेशी प्रतिनिधिमण्डलको ताइवान भ्रमणको विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी सांसदको पछिल्लो भ्रमणबारे चीनले आफ्नो सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न कडा कदम चाल्ने बताएका छन् ।

भारतीय संचारमाध्यमहरुले चीनले ताइवानविरुद्ध युद्ध छेड्न सक्ने बताएका छन् । उता चिनियाँ संचारमाध्यमहरुले पनि कडा जवाफ दिने बताइरहेका छन् ।

चिनियाँ सेनाले हवाई, जल र स्थल क्षेत्रमा सैन्य गतिविधि बढाएकोले ताइवानविरुद्ध हमला गर्न लागेकै हो ? भन्ने प्रश्न उठेको छ । तर अहिले नै युद्धको छेड्नेबारे चीनले आधिकारिक रुपमा केही बताएको छैन । अमेरिकाले पनि एक चीन नीति मान्दै आएको छ । तर, पछिल्ला दिनका गतिविधिहरुले त्यसविरुद्ध रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal