आज :

चार अमेरिकी सांसद ताइवान पुगेलगत्तै चीनले प्रहार गर्यो एकसाथ दर्जनौं मिसाइल, केछ अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । केही अमेरिकी राजनीतिज्ञको ताइवान भ्रमणका बीच चीनले फेरि एकपटक सैन्य अभ्यास तिब्र गतिमा सुरु गरेको छ ।

चीनले ताइवान नजिकै यो दर्जनौ मिसाइल प्रहार गरेको हो । मिसाइल प्रहार गरे पनि यो शैन्य अभ्यास मात्रै भएको चीनले बताउदै आएको छ ।

केही दिन अघि मात्रै चीनले ताइवान वरपर चलिरहेको सैन्य अभ्यास रोकेको थियो । त्यसबेला अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यो अभ्यास सुरु गरेको थियो ।

अब चार अमेरिकी सांसद ताइवान पुगेका छन् । यी अमेरिकी राजनीतिज्ञहरू आइतबार कुनै घोषणा बिना ताइवान पुगेका छन् । भ्रमणका क्रममा उनले ताइवानका राष्ट्रपति ताइ इङ वेनसँग भेट गर्ने अपेक्षा गरिएको छ ।

चीनले आफ्नो एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ । चीनले कुनै पनि विदेशी प्रतिनिधिमण्डलको ताइवान भ्रमणको विरोध गरेको छ ।

चीनले आफ्नो यो नीतिका लागि न्यान्सी पेलोसीको यात्रामा पनि आपत्ति जताएको थियो । तर पेलोसीले चीनको आपत्तिलाई बेवास्ता गर्दै ताइवानको यात्रा गरिन् ।

अमेरिकाले एक चीन नीतिलाई समर्थन गरे पनि पेलोसीको भ्रमणमा बाइडेन सरकारले वक्तालाई कतै जानबाट रोक्न नसक्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी सांसदको पछिल्लो भ्रमणबारे चीनले आफ्नो सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न कडा कदम चाल्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal