आज :

अमेरिकी अस्त्र नष्ट गर्ने उच्चस्तरको हतियार बनाउन पुटिन आदेश, रक्षामन्त्री पुगे कारखानामा

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी हतियारलाई नष्ट गर्न सक्ने नयाँ मिसाइल बनाउन आदेश दिएका छन् । अमेरिकाले युक्रेनमा हिमार्स, हार्पुनजस्ता लामो दूरीका हतियार पठाउन थालेपछि पुटिनले त्यस्तो आदेश दिएका हुन् । पुटिनको आदेशपछि रुसी रक्षा मन्त्री सर्गेई शोइगुले हतियार कारखानको भ्रमण गरेका छन् । त्यही प्राविधिकले नयाँनयाँ हतियार निर्माण गरिरहेको भिडियो फुटेजमा देखिएको छ । रक्षामन्त्रीले बनिरहेका हतियारको बारेमा वैज्ञानिक तथा प्राविधिकसँग छलफल समेत गरेको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

अमेरिकाले क्रिमियामा सुपर स्क्यानर एयरक्राप्ट जस्ता हतियारले हमला गरेपछि पुटिनले यस्तो आदेश दिएको बताइएको छ । युक्रेनको क्षेत्रीय राजधानी खेरसनमा युक्रेनी सेनाले अमेरिकाले दिएको नयाँ र लामो दूरीका हतियारबाट लगातार हमला गर्न थालेको छ । एक रिपोर्टअनुसार युक्रेनी सेनाले खेरसनमा रहेका दुईवटा पुल र सडक युक्रेनी सेनाले भत्काइदिएको छ ।

बेलायती रक्षा मन्त्रालयले पुल र सडक काम नालग्ने भएपछि रुसी सेना फसेको दाबी गरेको छ । खेरसनमा अमेरिकी, बेलायती सेनाले युक्रेनी सेनालाई साथ दिइरहेका छन् । रुसी सेनाले केही पहिले अमेरिकी हिमार्स मिसाइल सिस्टम ध्वस्त बनाएको दाबी गरेको थियो । सो क्रममा ५३ जना अमेरिका, बेलायतीसहित पश्चिमा देशहरुका सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको थियो ।

अमेरिकाको सुपर स्क्यानर एयरक्राप्ट नयाँ एयरक्राप्ट हो । यसले ६ हजार ५ सय किलोमिटरसम्म मार गर्न सक्छ । यो प्रतिघण्टा ९३३ किलोमिटर उड्न सक्छ । १५ हजार २४० मिटरको उचाईबाट जासुस गर्न सक्छ । यसमा ३० सदस्य सवार गर्न सक्छन् । यो सी– १३५ का उपग्रेड भर्जन हो । यसले टारगेटको पूरा डेटा स्क्यान गर्छ, रियल टाइम, लोकेशन र पोजिशनको सबै विवरणको जानकारी दिन्छ । यो विमान रोमानिया र ब्ल्याक सीमा धेरैपटक उडान भरिसकेको रुसी संचारमाध्यमहरुले दाबी गरेका छन् ।

यसले एन्डी रेडिएन मिसाइल एजीएम–८८ बाट हमला गर्छ । एन्टी रेडियसन मिसाइलमा फिट गरिएको सिस्टमले निसाना लगाउने क्षेत्रको स्क्यान गरेर सम्पूर्ण विवरण कमाण्डमा पठाउछ । यो मिसाइल हावाबाट जमिनमा निसानामा मार हान्न निकै सक्षम मानिएको छ । यसले इलेकट्रोनिक ट्रासमिसन जडिट सिस्टमले डेटा स्क्यान गर्छ । आरसी–१३५ भी÷डब्ल्यू डेटा संकलन गर्छ र विश्लेषण गरेपछि कमाण्डलाई पठाउछ ।

यसले १५० किलोमिटरसम्म मार गर्छ । यो मिसाइल २ हजार २८० किलोमिटर प्रतिघण्टा उड्न सकछ । यसले यसले ६६ किलो बिस्फोट लिन सक्छ भने यसको तौल ३५५ किलो रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal