आज :

अमेरिकालाई मिलेर तह लगाऔं भन्दै किम जोङ उनलाई पुटिनले लेखे यस्तो पत्र, विश्वभर हलचल

  • अनलाइन डबली

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयासबाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उत्तर कोरियाको मुक्ति दिवसको अवसरमा किमलाई लेखेको पत्रमा पुटिनले घनिष्ठ सम्बन्ध दुवै देशको हितमा हुने र कोरियाली प्राय द्वीप र उत्तरपूर्वी एसियाली क्षेत्रको सुरक्षा र स्थिरतालाई सुदृढ गर्न मद्दत गर्ने विषय उल्लेख गरेको उत्तर कोरियाको केसीएनए समाचार एजेन्सीले जनाएको छ।

रुस र उत्तर कोरियाको आत्मीय सम्बन्धले अमेरिका तह लाग्ने कतिपयको अनुमान छ । यता यूक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइको सामना गर्नुपरेको जनाएको छ ।

मस्कोको सेनाले यूक्रेनमाथि आक्रमणको सुरुवातमा डेनिप्रोको दक्षिणी शहर खेरसन कब्जा गरेको थियो । यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो ।

यस क्षेत्रमा उनीहरूले नियन्त्रण गरेका तीन पुलहरूमध्ये दुई सडक यातायातको लागि र एउटा रेल आवागमनको लागि महत्वपूर्ण मानिएका थिए ।

हालैका हप्ताहरूमा बारम्बार पुलहरूमा बमबारी भएपछि रूसी सेनालाई पनि रणनीतिक रूपमा समस्या परेको यूक्रेनको दावी छ । सबैभन्दा महत्वपूर्ण खेरसनको उपनगरीय क्षेत्रमा एन्टोनिभ्स्की पुल जुलाईको अन्त्यदेखि मिसाइल आक्रमणको तारो बनेको छ ।

क्षेत्रीय सांसद सर्गी खलानले यूक्रेनी टेलिभिजनलाई बताएअनुसार रूसी सैनिकका लागि नदी पार गर्ने एक मात्र तरिका एन्टोनिभ्स्की पुल नजिकैको पेन्टुन हो जसले ‘उनीहरूको आवश्यकतालाई पूर्ण रूपमा पूरा गर्न सक्दैन’।

युद्ध चर्किएमा समयमै उद्धार गर्न नसकिने जान्दाजान्दै रुसले आफ्नो कमाण्ड सेन्टरलाई नदीको बायाँ किनारामा सार्न लागेको उनले बताए । खलानका अनुसार दाहिने किनारामा तैनाथ २० हजार रुसी सैनिकले तत्कालका लागि पैदलै पुल पार गर्न सक्नेछन् ।

एन्टोनिभ्स्की पुलको उत्तरपूर्वमा करिब ५० किलोमिटर (३१ माइल) दूरीमा रहेको नोभा काखोभका पुललाई यसै साता निशाना बनाइएको थियो ।

खलानले शनिबार यूक्रेनी सेनाले यस हप्ताको सुरुमा पुलमा आक्रमण गरेको र रूसीहरूलाई आफ्नो सेना पुनः आपूर्ति गर्न गोलाबारी, उपकरण र खाद्यान्न ढुवानी गर्न बाट रोकेको बताएका थिए ।

बेलायतको रक्षा मन्त्रालयले जारी गरेको ब्रिफिङमा डेनिप्रोको पश्चिमी किनारमा रूसको नियन्त्रणमा रहेको क्षेत्रमा जाने दुई वटा सडक पुल प्रयोगविहीन भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal