आज :

युद्धको खतरा अझै टरेको छैन, ताइवानको आकाशमा एकै पटक ११ चिनियाँ लडाकु विमान

  • अनलाइन डबली

काठमाडौं ।  ताइवानलाई चारैतिरबाट घेराउ गरेर जनवादी गणतन्त्र चीनले एक हप्ता लामो सैन्य सकेपछि युद्धको खतरा टरेको अनुमान गरिएको थियो । तर, चिनियाँ जनमुक्ति सेनाले ताइवानमाथि सैन्य गस्ती जारी राखेको छ । यसले अझै सम्भावित युद्धको खतरा नटरेको अर्थमा हेरिएको छ । उसो त एक हप्ताको बास्तविक अस्तसहितको सैन्य सकिएपनि गस्ती जारी राख्नने पीएलएले जनाएको थियो ।

अहिले चीन र थाइल्याण्डबीच सैन्य अभ्यास जारी रहेको छ । आजसम्मको लागि भनेर सुरु गरिएको उक्त अभ्यास थाइल्याण्डमा भइरहेको छ । त्यसको लागि शुक्रबार नै चिनियाँ सेना लडाकु विमानसहित थाइल्याण्ड पुगेको थियो । तीन दिनको लागि तय भएको अभ्यास अझै केही दिन जारी रहने वा समापन गर्नेबारे औपचारिक रुपमा दुबै देशका सेनाले केही बताएका छैनन् ।

यसैबीच चिनियाँ सेनाका ११ लडाकु विमान ताइवानको आकाशमा प्रवेश गरेका छन् । ताइवानको रक्षा मन्त्रालयका अनुसार ती विमानहरु ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतवार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन् । चीनले आफूले दाबी गरेको टापु वरपर सैन्य गतिविधि बढाइरहेको बताइएको छ ।

चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ । तर, गत साताको तुलनामा चिनियाँ गतिविधि न्यून छन् । चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निर्णय गर्ने अधिकार नभएको ताइवान सरकारले बताउदै आएको छ । सन् १९४९ मा चीनमा माओको नेतृत्वमा जनयुद्धमार्फत जनवादी गणतन्त्र स्थापना भएपछि तत्कालिन च्याङ काई सेक सरकारका अधिकारीहरु ताइवान लुकेका थिए ।

एसिया भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडन ताइवानबारे दिएको अभिव्यक्तिपछि चीन आक्रोसित भइरहेको बेला गत साता सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । चीनले भ्रमणको रोक्न गरेको आग्रह बेवास्ता गर्दै अमेरिकाले विशेष सुरक्षासहित पेलाेसीलाई ताइवान पठाएको थियो ।

पेलोसीको भ्रमण गराएर अमेरिकाले आफूलाई सिधा चुनाैती दिएको भन्दै चीन युद्धको मनस्थितिमा पुगेको बताइएको छ । चीनले परिवारसहित पेलोसीमाथि प्रतिबन्ध लगाएको छ भने ताइवानमाथि नाकाबन्दी लगाएको छ । त्यस्तै चीनले अमेरिकासँगको सम्बन्धलाई स्थगित गरेको छ । ताइवानले प्रतिक्रिया  जनाए हमला गर्ने भन्दै चीनले एक हप्तासम्म सैन्य अभ्यास गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal