आज :

युक्रेनको ढुकुटी सकियो ! सेनालाई तलब – रासन खुवाउने पैसा छैन, युद्धमैदानबाट भाग्दै सैनिक

  • अनलाइन डबली

काठमाडौँ । पश्चिमा देशहरुको भरमा रुससँग युद्ध लडिरहेको युक्रेन चरम आर्थिक संकटमा फसेको छ । युक्रेनसँग सेनालाई तलब दिने समेत पैसा छैन । युद्धमैदानमा रासन पानी समेत पठाउन नसक्ने अवस्थामा युक्रेन पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । रुसले सैन्य कारवाही सुरुगरेयता युक्रेनले आफ्नो बजेटको ६० प्रतिशत लडाईमा खर्च गरिसकेको छ । भारतीय टिभि च्यानल न्यूज १८ मा प्रसारित एक रिपोर्टअनुसार ४० प्रतिशत बजेट अन्य सेवामा खर्च भयो र अब केही पैसामात्रै ढुकुटीमा रहेको छ । बजेटमा पक्षेपण गरेको भन्दा ४० प्रतिशत मात्रै कर उठेको छ ।

अमेरिका तथा नेटो देशहरुले युक्रेनलाई पैसा होइन हतियार मात्रै दिइरहेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको ढुकुटी सकिन लागेको भन्दै केही पहिना पहिले नै पैसा मागेका थिए । तर, अहिलेसम्म कुनै पनि देशले आर्थिक सहयोग गरेका छैनन् ।

चरम आर्थिक संकटसँगै युक्रेनले सेनालाई नै तलब दिन सकेको छैन । त्यस्तै, पैसाको लागि अन्य देशबाट आएर लडिरहेकाहरुलाई पनि युक्रेनले तलब दिन नसकेपछि उनीहरु फर्किन थालेको बताइएको छ । देशकै अन्य पेशा छोडेर लडाइँमा गएका नागरिकलाई पनि रासन पानी उपलब्ध गराउन सकेको छैन । तलब र रासन पानी नभएर भोकभोकै लड्नु पर्ने अवस्था आएपछि युद्धमोर्चाबाट दिनदिनै भाग्नेको संख्या बढिरहेको रुसी संचारमाध्यमहरुको दाबी छ ।

युक्रेनलाई आर्थिक संकट परिरहेको बेला स्लोभाकियाले मिग– २९ जेट बिमान दिने घोषणा गरेको छ । यो जेट बिमान लडाइँको लागि निकै प्रभावकारी मानिन्छ । स्लोभाकियाले आफ्नो देशसँग भएका सबै मिग जेट बिमान युक्रेनलाई प्रयोग गर्न दिने समेत बताएको छ ।

तर, भारतीय रक्षा विज्ञ विनोद आगस्टीन युक्रेनलाई पश्चिमा देशहरुले प्रयोगशाल बनाएका छन् । उनले आफ्ना नयाँ हतियार युक्रेनमा परीक्षण गरिरहेको बताए । “युक्रेनलाई आर्थिक संकट छ, युद्धमैदानमा रहेका सेनालाई तलब खुवाउने पैसा छैन तर पश्चिमा देशहरुले आफूले विकास गरेका हतियार युक्रेनलाई दिइरहेका छन् । उनीहरुले आफ्ना हतियार परीक्षण गरिरहेका छन्” उनले भने ।

यसैबीच रुसले युक्रेनमा नयाँ हतियारबाट हमला गरेको छ । केही दिनदेखि खेरसनमा रुसी सैनिकमाथि अमेरिकाले दिएको हिमार्सलगायतका हतियारबाट युक्रेनले गरिरहेको थियो । केही दिन पहिले पनि रुसले खेरसनमा दुईवटा हिमार्स मिलाइस सिस्टम ध्वस्त पारेको थियो । त्योसँगै रुसले ५३ जना विदेशी सैनिकको मृत्यु भएको समेत जनाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal